कर्मचारी कार्यालयमै सुत्न थालेपछि…

एजेन्सी,अमेरिकाको एक कार्यालयमा काम गर्ने कर्मचारी पर्याप्त तलव नभएको भन्दै कार्यालयमै सुत्न थालेका छन् ।तलव कम भएका कारण घर भाडा तिर्न नसकेको भन्दै उनले कार्यालयलाई नै आफ्नो घर बनाएका छन् । सिमोन नामका ती व्यक्तिले आफू काम गर्ने संस्थाले पनि कम पारिश्रमिक दिएको भन्दै यो अनौठो तरिका अपनाएका हुन् ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार आफ्नो तलब निकै कम भएको र भाडाको घरमा बस्न नुक्ने भन्दै उनले कार्यालयमै ओछ्यान बनाएका हुन् । उनी कार्यालयमा पनि आफ्नो टेबुल मुनी स्लीपिङ ब्याग ओछ्याएर सुत्ने गरेका छन् ।

उनले आफू आफ्नो ओढ्ने ओछ्याउने लिएर कार्यालयतर्फ जाँदै गरेको भिडियो टिकटक मार्फत सार्वजनिक गरेका थिए । सिमोनका अनुसार कार्यालयका अधिकांस कर्मचारी कोरोनाका कारण घरबाटै काम गरिरहेकाले कार्यालयको सबै ठाउँ खाली छ । उनले त्यसले गर्दा कार्यालयमा बस्न पनि पर्याप्त ठाउँ पाएका छन् ।

उनले आफ्नो लत्ता कपडा,झोला, स्लिीपिङ ब्यागलाई राखेर कार्यलयको क्याविनलाई घरकै रुपमा परिणत गरेका छन् । नुहाउन र कपडा धुनका लागि कार्यालयको बाथरुम र खाना राख्नको लागि कार्यालयकै फ्रिज प्रयोग गरेका छन् । तर उनको कार्यालयले भने उनलाई त्यसो नगर्न निर्देशन दिएको छ ।

कार्यलय प्रशासनले उनलाई कार्यलयमा बनाएको भिडियो सामाजिक सञ्जालबाट हटाउन पनि आग्रह गरेको छ । सिमोनको यो भिडियो टिकटकमा १२ लाखले हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस