विश्वकै सबैभन्दा अग्ली भनिएकी रुसी मोडल अग्लो प्रेमीको खोजीमा

एजेन्सी , विश्वकै सबैभन्दा अग्ली भनिएकी रुसी मोडल एकातेरिना लिसिनाले आफ्नो उचाइका कारण अझै पनि जीवन साथी भेट्टाउन सकेकी छैनन् ।

लिसिना ६ फीट ९ इन्च अग्ली छिन् । आफ्नो उचाइका कारण उनले गिनीज बुकका रेकर्ड पनि राखेकी छिन् । तर, उनको यो उचाइले उनको प्रेम जीवनमा भने असर पारेको छ । लिसिना व्यवसायिक बास्केटबल खेलाडी हुन् ।

तर उनी खेलबाट सन्यास लिएपछि मोडलिङको दुनियाँमा आएकी हुन् । ३४ वर्षीय लिसिनालाई विश्वको सबैभन्दा लामो खट्टा भएकी महिला मानिन्छ । बेलायती पत्रीका ‘डेली स्टार’ का अनुसार लिसिनालाई आफ्नो उचाइका कारण अहिलेसम्म जोडी भेट्टाउन निकै मुस्किल परेको छ । तर लिसिनाका भन्छिन–‘सम्बन्धमा उचाइले फरक पार्दैन, यसलाई बुझ्नु पर्छ’ ।

पुरुषको भन्दा महिलाको उचाइ बढी हुदाँ त्यसलाई राम्रो मानिदैन । उनी आफूभन्दा १ फीटसम्म कम उचाई भएको पुरुष सँग डेटिङ गर्न चाहन्छिन् । तर, त्यो भन्दा कम उचाइ भएका पुरुषसँग होइन । उनी डेटिङ एप्स को मद्दतबाट पनि पुरुषहरूसँग भेट्ने चाहाना राख्छिन् ।

लिसिनाको बुबा र आमा पनि अग्लो उचाइका छन् । उनका अबिभाबक ६ फिट २ इन्चका छन् । उनी आफ्नो तस्वीर र भिडियो सामाजिक सञ्जाल मार्फत सर्वजनिक गर्ने गर्छिन् । उनलाई सामाजिक सञ्जालमा धेरैले मन पराएका छन् । उनको इन्टाग्राममा १० लाख भन्दा धेरै फलोअर्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस