दुवै पक्षका कानुन व्यवसायीले आजबाट बहस गर्ने, पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने आदेश जारी हुने

काठमाडौँ ना बा लि ग लाई ज ब र ज स्ती क र णी गरेको अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाहसँगै उनका म्यानेजर कृष्णप्रसाद जोशीसहित ना बा लि ग को समेत बयान लिएको छ ।मंगलबार जिल्ला अदालत तनहुँले बयान लिएपछि बहस बुधबारबाट हुनेछ । सरकारी वकिलसमक्ष बयान दिँदै उनले पी’डित १८ वर्षभन्दा कम उमेरको भएको थाहा भएको स्वीकार गरेका हुन् ।

यस अगाडि सार्वजनिक अडियोमा आफ्नो स्वर नरहेको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका पलले बयानका क्रममा भने अडियो रेकर्डमध्ये ‘ब्वाइफ्रेण्ड र गर्लफ्रेन्ड बीच हुनु नर्मल हो’ भन्ने आवाज पनि आफ्नै हो भनेको जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको अ’भियोगपत्रमा उल्लेख छ ।तर, उनले ज ब र ज स्ती क र णी गरेको अ’भियोग चाहिँ स्वीकारेका छैनन् ।

पी’डितले २०७८ सालको जेठ महिना अन्तिमतिर फोन गरेर आफूहरूको सम्बन्धबारे अरुले थाहा पाएको बताएको उनले भनेका छन् ।पलका म्यानेजर कृष्णप्रसाद जोशी र जाहेरी दिएकी ना बा लि का को समेत बयान भइसकेको छ । बयानका क्रममा म्यानेजर कृष्णले घटना मिलाउने प्रयास आफूले गरेको स्वीकार गरेका छन् ।आफूलाई घटना मिलाउन सहयोग गर्ने शर्तमा पल शाहले तलब दोब्बर बनाइदिएको समेत उनले सरकारी वकिलसमक्ष दिएको बयानमा उल्लेख छ ।

ना बा लि ग र पलबीच रहेको प्रेम सम्बन्धबारे आफू जानकार रहेको बताउँदै यो खबर मिडियामा आएपछि पलले पुन आफूलाई सम्पर्क गरी सहयोग मागेको जोशीले बताएका छन् ।‘मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नु प¥यो भन्दै मासिक तलबमा दोब्बर बृद्धि गरी ५०,००० हजार रुपैयाँ तलबमा पुनः म्यानेजरको जिम्मेवारी दिएका थिए,’ उनले बयानका क्रममा भनेका छन् ।

यस्तै, ना बा लि ग ले आफ्नो बयानका क्रममा मायाका नाटक गरी बिहे गर्ने झुठो आश्वासन दिएर तीनपटक ज ब र्ज स्ती यौ न सम्बन्ध राखेको बताएकी छन् ।पोखराको प्राइम होटल, गैँडाकोटको रिसोर्ट र तनहुँका प्रदीप थापाको घरमा क र णी गरेको बयान प्रहरीमा ना बा लि ग ले दिएकी हुन् ।बयान सकिए लगतै पत्रकारसँग कुराकानी गर्दै पलका वकिलमध्येका एक कमला मोहन वाग्लेले बुधबारबाट बहस हुने बताए ।

उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने ,’बुधबार बयान सकिएर बहस सुरु हुन्छ । बहसमा कति समय लाग्छ भन्ने यकिन छैन ।हामी पनि ५/७ जना छौँ र उहाँहरू पनि त्यस्तै हुनुहुन्छ । त्यसैले समय कति लाग्छ भन्ने भन्न सकिदैन ।’प्रहरी हि’रासतमा रहेका नायक शाहविरुद्ध मंगलबार नै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो ।

सोमबार तनहुँ प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।जोशीको बयान सकिएपछि जा’हेरवाला र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच बहस चल्नेछ । दुवै पक्षका आधा दर्जन कानुन व्यवसायीले बहस गर्ने बुझिएको छ ।दुई पक्षको बहस सुनेर मि’सिलमा संग्लन प्रमाणका आधारमा जिल्ला अदालत तनहुँले थु’नछेकको आदेश जारी गर्नेछ ।

प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि शाह र जोशीलाई थुनामा पठाइन्छ । प्रमाण पुगेन भने धरौटीमा रि’हा हुनेछन् । १२ देखि १४ वर्षको कै’द स’जाय माग गर्दै पलविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको हो ।

उनका म्यानेजर जोशी म’तियार भएकाले आधा स’जायको माग गरिएको छ ।अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार तनहुँमा दायर मुद्दाका प्रमाणहरुनवलपरासी पूर्वमा भएभन्दा धेरै भिन्न नभए पनि म्यानेजर जोशीको बयान आफैंमा पनि अ’भियोग पुष्टि हुने एउटा ब’लियो आधार हो ।‘कुनै सम्बन्ध थिएन भने उनले ढाकछोपका लागि किन भूमिका खेले भन्ने स्वभाविक प्रश्न उठ्छ’ ती अधिकृत भन्छन्, ‘यसले मुद्दालाई थप बलियो बनाएको छ ।’उज्यालो बिहानीबाट

प्रतिक्रिया दिनुहोस