घटेर आयो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ आज कारोवार ?

सुनको भाउ बुधबार एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।यसअघि, मंगलबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ ताेकिएकाे छ ।चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ निर्धारण गरिएकाे छ ।

याे पनि,हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ७२ पैसा र बिक्री दर १३४ रुपैयाँ ३८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ५२ पैसा र बिक्री दर १६१ रुपैयाँ ३१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर २९ रुपैयाँ ९० पैसा र बिक्री दर १३० रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३१ पैसा र बिक्री दर ९० रुपैयाँ ७६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १० पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ पाँच पैसा र बिक्री दर १० रुपैयाँ १० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ११ पैसा र बिक्री दर १९ रुपैयाँ २० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४१ पैसा र बिक्री दर ३२ रुपैयाँ ५७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ तीन पैसा कायम भएको छ

प्रतिक्रिया दिनुहोस