गठबन्धलाई इंकित गर्दै लालबाबु पण्डितले भने- ‘भुसुनाहरुको पछाडि लाग्न एमालेलाई आवश्यकता छैन्’

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले ५ दलीय गठबन्धनलाई भुसुनाको संज्ञा दिएका छन् ।जारी केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पण्डितले ५ दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरूलाई भुसुनाको संज्ञा दिएका हुन् ।

भुसुनाले अलिअलि दुःख दिन्छन्, तर उनीहरुका पछाडि लाग्नुपर्ने एमालेलाई आवश्यकता छैन । हामी जनतामाझ जान्छौ, अधुरो सपना पुरा गर्ने प्रयास गर्छौ ।

सपनाहरु व्यवहारमा उतार्न समय लाग्छ’, पण्डितको भनाइ छ । उनले विगतको १० वर्ष र त्यो भन्दा बढि समयमा अरु सरकारले गरेका काम र एमालेले ७४ पछि गरेका कामको तुलना गर्दा एमालेकै पालमा बढि भएको दावी गरे ।

उनले एमालेलाई साथ सहयोग गर्ने र एमालेमा सहभागी हुनेहरूलाई एमालेले पनि साथ दिने तर सत्ता गठबन्धनजस्तो गठबन्धन नबनाउने र उनीहरुका जसरी रुन्चे काम पनि नगर्ने एमालेले नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस