मिर्गौला प्रत्या रोपणपछी यस्ती भइन चम्सरी, हस्पिटलमै पुगेर लाखौ सहयोग गर्दा भावुक बनिन् !(भिडियो सहित)

लामो समयको अन्तराल पछि चम्सुरीको उपनामले परिचित कलाकार पल्पसा डंगोलको सफलतापूर्वक मिर्गौला प्रत्यारोपणको कार्य सम्पन्न भएको छ । पल्पसाको नातामा भाइ पर्ने अजु डंगोलले उनलाई मृगौला दान दिए पछि प्रत्यारोपण गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पल्पसाको चार घण्टा लामो शल्यक्रियामार्फत मिर्गौला प्रत्यारोपण गरिएको हो । पल्पसालाई अहिले चिकित्सकको निगरानीमा हाइकेयरमा राखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार चम्सुरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

उनलाई अझै एक साता सम्म चिकित्सकले आफ्नै निगरानीमा राख्ने भएका छन् भने मृगौला दान दिने भाई लाई ४ दिन सम्म राखेर डिस्चार्ज दिने बताइएको छ । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च भएको छ । उक्त खर्च जुटाउन संघले पहल गर्ने जानकारी उनले दिए ।

आज भन्दा पाँच वर्ष अगाडी बाटै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । उनले यो कुरा लुकाएरै राखेकी थिईन् । कोरोना महामारीका कारण शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरेपछि यसअघि उनको शल्यक्रिया रोकिएको थियो ।मिर्गौला प्रत्या रोपणपछी यस्ती भइन चम्सरी, हस्पिटलमै पुगेर लाखौ सहयोग गर्दा भावुक बनिन् ।

प्रतिक्रिया दिनुहोस