पाकिस्तान : राजधानीका सरकारी कर्मचारीले धर्ना दिने घोषणा गरेका छन्

इस्लामावाद : इन्धन र बिजुलीको महशुलमा अभूतपूर्व बृद्धि भएपछि सरकारी कर्मचारीले तलब वृद्धिको माग गर्दै बिहीबार धर्ना दिनुअघि सोमबारदेखि अर्थ मन्त्रालय अगाडि टोकन धर्ना गर्ने निर्णय गरेका छन् ।

अखिल सरकारी कर्मचारी गठबन्धनले आगामी बजेटमा मुद्रास्फीतिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई दबाब दिन अर्थ मन्त्रालयबाहिर एक घण्टाको टोकन धर्ना दिने शुक्रबार घोषणा गरेको छ ।गठबन्धनका प्रमुख संयोजक रहमान बाजवाले कर्मचारीलाई ५० प्रतिशत तलब बृद्धि दिनुपर्ने बताए ।

‘हाम्रो टोकन धर्नाको उद्देश्य कर्मचारीको समस्यामा सरकारलाई सचेत गराउनु हुनेछ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ६० रुपैयाँले बढाएपछि अन्य वस्तुको मूल्य पनि बढेको हो । त्यसैले सरकारी कर्मचारीको तलब मूल्यवृद्धि दरअनुसार बढाउनुपर्छ, उनले भने, ‘५० प्रतिशत वृद्धि हाम्रो न्यूनतम माग हो ।

प्रतिक्रिया दिनुहोस