कसरी कारोबार हुदै छ आज सुनको मूल्य, हेर्नुहोस आजको बजार भाउ !!

आज साताकाे पहिलाे दिन आइतबार सुनको भाउ गत शुक्रबारकाे तुलनामा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँले कायम नै रहेको जानकारी दिएको छ ।

गत साताकाे अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो ।साथै आज आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै चाँदीको भाउ पनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही भाउमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।

यो पनि ,हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ ।युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ८५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ १७ पैसा र बिक्री दर १६० रुपैयाँ ९६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ दुई पैसा र बिक्री दर १३१ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ३७ पैसा र बिक्री दर ९१ रुपैयाँ ८२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४७ पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ मात्र र बिक्री दर १० रुपैयाँ पाँच पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ११ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४२ पैसा र बिक्री दर ३२ रुपैयाँ ५८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३२ पैसा र बिक्री दर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ तीन पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ एक पैसा कायम भएको छ

प्रतिक्रिया दिनुहोस