जिल्ला अदालतको आदेशबिरुद्ध पलले दिएको निवेदन न्यायाधीश राजभण्डारीको इजलासमा

काठमाडौं । कलाकार पूर्णविक्रम शाह ‘पल’को निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पुगेकाे छ । नाबालिग बलात्कार गरेको आरोपमा पक्राउ परेका कलाकार शाह पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका छन् ।

गत चैत १० गते उनलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतले तत्काल प्राप्त भएको प्रमाणले बालिकालाई बलात्कार गरेको देखिएका कारण पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर कलाकार शाहले बुधबार उच्च अदालत पोखरामा उक्त आदेशबिरुद्ध निवेदन दिएका थिए ।

शाहले मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गरिएको छ ।

सो निवेदनको नियमित पेसी बुधबार नै सूचीबाट न्यायाधीश राजभण्डारीको इजलासमा परेको हो । पल शाह १५ वर्षीय नाबालिगलाई ललाई- फकाई विभिन्न आश्वसन दिएर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस