सुत्केरी महिलाको उपचारमा मृत्यले परिवारद्धारा मार्ने धम्कि आएपछि डाक्टरद्धारा आत्महत्या

काठमाडौं,एक महिला डाक्टरले आत्महत्या गरेपछि तनाव बढेको छ । भारत, राजस्थानको दौसा जिल्लाको लालसोटमा मंगलबार एक महिला डाक्टरले आत्महत्या गरेपछि राज्यभरका चिकित्सक भड्किएका छन् ।बुधबार जयपुरको स्ट्याच्यु सर्कलमा ठूलो संख्यामा डाक्टरहरूले यस विषयमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले दोषीलाई छिट्टै कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । राज्यभरका निजी अस्पतालमा चिकित्सकहरुले २४ सै घण्टा काम बहिष्कार गरेका हुन् । प्रदेशका सरकारी अस्पतालका चिकित्सकले पनि बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म काम बहिष्कार गरे ।

मृतक डाक्टर अर्चना शर्मा लालसोटको निजी अस्पतालमा कार्यरत थिइन् । त्यहाँ सोमबार सुत्केरी हुने क्रममा एक महिलाको मृत्यु भएपछि परिवारले हंगामा मच्चाउँदै डा अर्चनाविरुद्ध प्रहरी चौकीमा ज्यान मार्ने मुद्दा दर्ता गराएकोको थियो ।

मुद्दा दर्ता भएदेखि नै महिला डाक्टर तनावमा रहेको र मंगलबार बिहान करिब ११ बजे उनको शव फेला परेको बताइएको छ । मृतक डाक्टरको कथित सुसाइड नोट पनि बाहिर आएको छ।अर्चना शर्माका श्रीमान् डा सुनित उपाध्याय पनि डाक्टर हुन् । लालसोटमा श्रीमान श्रीमती मिलेर अस्पताल चलाउँदै आएका थिए ।

डाक्टर उपाध्यायले लालसोट प्रहरी चौकीमा पनि किटानी जाहेरी दिएका छन्, जसअनुसार अस्पतालमा एक महिला बिरामीको मृत्यु भएपछि केही व्यक्तिले अस्पताल घेरेर प्रशासनलाई हत्याको मुद्दा दर्ता गर्न दबाब दिन घृणित राजनीति खेल गरेको भनिएको छ ।आजका चर्चित न्यूज पढ्न शीर्षकमा क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस