धोबिखोला किनारमा फोहोरको थुप्रोमाथि भेटियो नवजात शिशुको शव (भिडियाे)

काठमाडौं, काठमाडौंको सेतोपुलस्थित धोबीखोला किनारमा नवजात शिशुको शव फेला परेको छ ।आज बिहान फोहोरको थुप्रोमाथि नवजात शिशुको शव भेटिएको हो । पछ्यौराले छोपेर फालिएको अवस्थामा शिशुको शव भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशप्रसाद मैनालीले नेपाल प्रेसलाई बताए ।उनले भने,‘हामीले एक घण्टाअघि जानकारी पाएको हो । बच्चाको हत्या गरेर फालेको हो वा के हो बच्चा फाल्नेको खोजीमा जुटिसकेका छौं ।’

दिन पुगेर बच्चा जन्माएर त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत शिशुलाई फेला पारेको हो । अहिले महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मिनबहादुर कुँवर क्षेत्री घटनास्थलमा छन् । बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो । अवैध रूपमा गर्भधारण गरेकी महिलाले जन्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस