चराका लागि एक युवतीले आफ्नो कपालमा बनाइन् गुँण

एजेन्सी, बेलायतकी एक युवतीले चरासँगको अघात प्रेमका कारण तीन महिनासम्म आफ्नो कपालमा एक चराका लागि गुँण बनाएर राखेकी छिन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार हन्ना नामकी ती युवतीले चराप्रति प्रेम देखाउँदै आफ्नो कपालमा त्यो चरालाई ३ महिनासम्म आश्रय दिएकी हुन् ।

समाचार विबरण अनुसार हन्ना सन २०१३ मा उनका श्रीमानले नोकरी गरिरहेको देश घानामा जानुपर्ने भयो । किनकि उनका श्रीमानले घानामा नयाँ रोजगारी सुरु गरेका थिए । उनी घानामा पुगेपछि उनका श्रीमान काममा गएपनि उनले नोकरी पाइनन्। किनकी हन्नासँग त्यहाँ काम गर्ने भिसा थिएन । श्रीमान काम गर्न जाँदा घरमै बस्नु पर्दा उनले आफूलाई एक्लो महसुश गरिन् ।

सन् २०१८ मा घानामा एकदमै ठूलो हावाहुरी आएका बेला आफू बस्ने घर नजिकै हावाहुरी बन्द भएपछि उनले एउटा मनिकिन फिन्च नाम गरेको चरा भेट्टाइन् । त्यो चरा करीब एक महिनाको थियो । चरा आफ्नो समुहबाट टाढा भएर भुइँमा पल्टिएको थियो । हन्नाले चरालाई एउटा बाकसमा राखिन् र त्यसको हेरचाहा गर्ने तरिकाहरू खोज्न थालिन् ।त्सपछि उनले त्यो चरासँग ८४ दिन बिताइन् । हन्नाका अनुसार त्यो चरा सधै उनको वरिपरि बस्थ्यो, उनको शरीरमा खेल्थ्यो र कपालमा आराम गथ्र्यो । हन्नाको कपालालाई त्यो चराले गुँण संझेर बस्न थाल्यो ।

हन्ना गत वर्ष क्रिसमसको समय पारेर फेरि बेलायत फर्किनु पर्ने भएपछि उनले त्यो चरालाई चराकै समुहमा छोड्ने निधो गरिन् । हन्ना अहिले पनि त्यो चरासँग यति प्रेम गर्छिन् कि हरेक समय त्यो चरालाई सम्झिदा उनी रुने गछिन् ।

प्रतिक्रिया दिनुहोस