फेरी बढ्यो सुनको मूल्य ,कति छ आजको बजार भाउ?

सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि,बिहीबार सुन तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ १० रुपैयाँ बढेको छ । बिहीबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ६० रुपैयाँ निर्धारण भएको छ ।

याे पनि,हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर १२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ ।युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ३९ पैसा र बिक्री दर १३५ रुपैयाँ पाँच पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ८१ पैसा र बिक्री दर १५९ रुपैयाँ ६० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ९४ पैसा र बिक्री दर १३१ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ५८ पैसा र बिक्री दर ९१ रुपैयाँ तीन पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ छ पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ९२ पैसा र बिक्री दर नाै रुपैयाँ ९७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ आठ पैसा र बिक्री दर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २५ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ दुई पैसा कायम भएको छ

प्रतिक्रिया दिनुहोस