नेपाली चलचित्रलाई माया गरौं, साउथ इन्डियन चलचित्रसँगको लडाइ जितिन्छ’ :झरना थापा

काठमाडौं,नेपालमा साउथ इन्डियन चलचित्रले एकपछि अर्को दबदबा सिर्जना गरिरहेको छ। हालै पुस्पा चलचित्रले नेपाली दर्शकको मन मात्र जितेन राम्रो आम्दानी पनि गर्यो। यतिबेला साउथ इन्डियन चलचित्र ‘आरआरआर’ले पनि राम्रो आम्दानी गरिरहेको छ।

खासमा भन्नुपर्दा साउथ इन्डियन चलचित्रको अगाडी नेपालका चलचित्रहरु निरिह बनिरहेका छन्। यस्तोमा आगामी वैशाख १ गतेका दिन ‘ए मेरो हजुर ४’ चलचित्र नेपालभर प्रदर्शन हुँदैछ।यो चलचित्रको टिमलाई पनि त्यसबेला फेरि अर्को साउथ इन्डियन चलचित्रको छायामा आफ्नो चलचित्र पर्ने हो कि भन्ने चिन्ता परेको छ। ए मेरो हजुर ४ चलचित्रकी निर्देशक तथा चर्चित नायिका झरना थापामा पनि सो त्रास देखिएको छ।

यस विषयमा उनले भनेकी छिन्,‘हामीले जबसम्म नेपाली चलचित्रलाई माया गर्दैनौं तबसम्म अन्य चलचित्रको अगाडि हाम्रो चलचित्र असफल हुन्छ। नेपाली चलचित्रलाई माया गरौं साउथ इन्डियन चलचित्रसँगको लडाइ जितिन्छ।’यसअघि चलचित्रका नायक अनमोल केसीले पनि नेपाली चलचित्रलाई अन्य चलचित्रसँग दाँज्दा समस्या सिर्जना भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस