आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछः अध्यक्ष प्रचण्ड

महोत्तरी। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हर्कतलाई ठेगान लगाएको उल्लेख गर्दै आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्ने बताउनुभएको छ । अध्यक्षले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताउँदै भन्नुभयो, ‘आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुनेछ ।’

बर्दिबास नगरपालिका११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आसन्न स्थानीय तह निर्वाचनसम्म मात्र नभएर अब हुने संसदीय निर्वाचनसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने स्पष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले विगतमा आफू नेतृत्वको जनयुद्धताकाको ऐतिहासिक ठाउँ खयरमारा प्राविधिक शिक्षाको केन्द्र बनेको चर्चा गर्नुभयो । पाँच करोड ५० लाख लागतको ४० कोठे र चार करोड ८३ लाख लागतको २१ कोठे गरी दुई अत्याधुनिक भवन शिक्षालयका तयार भएका छन्। अध्यक्ष प्रचण्डले यिनै भवन आज एक समारोहबीच उद्घाटन गर्नुभएको हो । बर्दिबास–११ को खयरमारास्थित चनौटेमा अध्यक्ष प्रचण्डले आज नै सहिद पार्क निर्माण कार्यको शीलान्यास गनुृभएको हो।

प्रतिक्रिया दिनुहोस