दुनियाँकै लोभलाग्दो छ युक्रेन राष्ट्रपतिको परिवार-जीवन: विश्वभरको प्रार्थाना यो नउजाडियोस्

काठमाडौ । रुसी सेनाले युक्रेनमा आक्रमण गर्दा धेरैको ज्यान गएको छ ।युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की असहाय देखिन्छन् र रुसी सेनासँग लडिरहेका छन्।विश्वले नै भनिरहेको छ सबैभन्दा पहिलो खतरामा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की को ज्यान छ । दोस्रोमा उनको परिवार जोखिममा छ ।

त्यसपछि युक्रेनका जो कोही नागरिक जोखिममा छन् । रुसले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई मार्न सक्ने वा लामो समयको कठोर जेलमा हाल्नसक्ने आँकलन शक्ति राष्ट्रहरुको समेत छ ।

यसैले अमेरिकाले आफ्नो देशमा शरण लिनका लागि भनेको छ । हामी जहाज पठाउँछौ । हाम्रो देश आएर आफ्नो देशको रक्षा गर्नुहोस् अमेरिकाले आधिकारीक रुपमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की भनेको छ ।

तर उहाँले मलाई अहिले सवारी हैन मेरो देश बचाउँन हतियार चाहिएको छ । म मरे मेरो देशको माटोमा मर्छु तर देश बचाउँन अन्तिमसम्म लड्छु भनेर फर्काएको जवाफले अहिले विश्वभरी नै उनको तारिफ भइरहेको छ ।

तर कतै यो दुनियाँ कै लोभलाग्दो परिवार उजाडी ने त हैन भन्ने डरले विश्वभरीका मानिसहरु आ–आफ्ना इश्वरसँग यो परिवारको रक्षाको कामना गरिरहेका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अन्तिम साससम्म लड्ने बताएपछि उनका लागि आर्शिवाद माग्ने विश्वभरी कै मानिसहरु छन् ।

राष्ट्रपति जेलेन्स्कीको भिडियो लगातार बाहिर आइरहेको छ। हालै, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको एक भिडियो सन्देश बाहिर आएको छ, जसमा उनी आफ्नी श्रीमती र बच्चाहरूको बारेमा कुरा गर्दा असहाय र भावुक देखिन्छन्। जेलेन्स्कीले भने कि म रुसको पहिलो निशाना हुँ र मेरो परिवार दोस्रो हो ।

राष्ट्रपति जेलेन्स्की सामाजिक सञ्जालमा निकै सक्रिय छन्, उनी समय–समयमा आफ्नो र परिवारको तस्बिर शेयर गरिरहन्छन् । परिवारका बारेमा उनको भनाइपछि धेरैको मनमा यो प्रश्न उठिरहेको हुनुपर्छ कि राष्ट्रपति जेलेन्स्कीको परिवारमा को छन् ?

यदि तपाईं पनि ती व्यक्तिहरू मध्ये एक हुनुहुन्छ जो युक्रेनका राष्ट्रपति जेलेन्स्कीको परिवारको बारेमा जान्न चाहनुहुन्छ भने, पढ्नुहोस्।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको क्यारियर
रिपोर्टका अनुसार ४४ वर्षीय युक्रेनी भोलोडिमिर जेलेन्स्कीको जीवन र करियर अन्य नेताहरूको तुलनामा कठिन थियो। उनले पदभार ग्रहण गरेपछि धेरै संकटको सामना गर्नुपरेको छ । राष्ट्रपति जेलेन्स्कीले २००० मा कीभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानूनको डिग्री लिए।

उनलाई कमेडी निकै मन परेको थियो, त्यसैले उनले अरु कलाकारहरुसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ बनाए र त्यसपछि सन् २००३ मा त्यो ग्रुपबाट शो गर्न थाले ।

यसपछि उनले आफूलाई धेरै प्रभावित गर्ने कार्यक्रम गरे र त्यसबाट प्रभावित भएर राजनीतिक दल बनाए । यस पछि २०१८ मा, जेलेन्स्कीले राजनीतिमा प्रवेश गरे र जनताको सेवक अन्तर्गत राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरे। त्यसपछि निर्वाचन हुँदा ७३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी
युक्रेनकी प्रथम महिला र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नीको नाम ओलेना भोलोडिमिरिभना जेलेन्स्का हो।

ओलेना एक युक्रेनी वास्तुकार, पटकथा लेखक हुन् । पेसाले इन्जिनियर हुन् । डिसेम्बर २०१९ मा जेलेन्स्का फोकस पत्रिका द्वारा १०० सबैभन्दा प्रभावशाली युक्रेनीहरूको सूचीमा ३० औं स्थानमा परेकी थिइन् ।

ओलेना जेलेन्स्का र राष्ट्रपति भोलोडिमिरले सन् २००३ मा विवाह गरे । रिपोर्टका अनुसार, ओलेना क्रिभि रिह नेसनल युनिभर्सिटीकी पूर्व छात्र हुन् र उनले सिभिल इन्जिनियरिङमा डिग्री पनि लिएकी छिन्।

यद्यपि ओलेनाले इन्जिनियरिङ र आर्किटेक्ट क्षेत्रमा जति काम पटकथा लेखनमा गरेकी थिइनन् । तर त्यसमापनि उनी दक्ष छिन् । ओलेना समाजसेविका पनि हुन्, कयौं पटक सामाजिक कार्यमा पनि देखिएकी छन् । उनले कोरोना महामारीका बेला पनि धेरै काम गरेर जनताको मन जितिन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका छोराछोरीहरू
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनकी श्रीमती ओलेनाका दुई सन्तान छन् । उनीहरुको एक छोरा र एक छोरी छन् । उनकी छोरीको नाम अलेक्जेन्ड्रा र छोराको नाम किरिलो हो। राष्ट्रपति जेलेन्स्कीले पनि आफ्नो परिवारसँगको तस्बिर सेयर गरेका छन्, जसमा उनका दुवै छोराछोरी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस