५२ वर्षको उमेरमा विवाह गर्छु भन्दै ४२ लाख ठगी गर्ने काठमाडौवाट पक्राउ

काठमाडौ,एक जना ५२ वर्षका पुरुष विवाह गर्ने आश्वासन दिएर ४२ लाख रुपैया भन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।रामेछाप साँघुटार नगरपालिका ३ घर भई धापासी बस्दै आएका ५२ वर्षीय नवीन भन्ने लोकबहादुर श्रेष्ठ पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनलाइ एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो ।

श्रेष्ठलाई सोमबार विशाल नगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठले पीडितलाई फोन सम्पर्क गरी विवाह गर्ने प्रलोभन देखाउने गरेका थिए। उनले पीडितलाई विश्वासमा पार्ने र बिरामी परेका कारण अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै योजना बनाएर ठगी गर्ने गरेको आरोप छ।काठमाडौ । एक जना ५२ वर्षका पुरुष विवाह गर्ने आश्वासन दिएर ४२ लाख रुपैया भन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

रामेछाप साँघुटार नगरपालिका ३ घर भई धापासी बस्दै आएका ५२ वर्षीय नवीन भन्ने लोकबहादुर श्रेष्ठ पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनलाइ एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो ।

श्रेष्ठलाई सोमबार विशाल नगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठले पीडितलाई फोन सम्पर्क गरी विवाह गर्ने प्रलोभन देखाउने गरेका थिए। उनले पीडितलाई विश्वासमा पार्ने र बिरामी परेका कारण अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै योजना बनाएर ठगी गर्ने गरेको आरोप छ।

श्रेष्ठले पीडितसँग ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोप छ। पीडितले आफू ठगिएको भन्ने सूचना दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो। प्रहरीले श्रेष्ठलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाएको छ।

श्रेष्ठले पीडितसँग ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको आरोप छ। पीडितले आफू ठगिएको भन्ने सूचना दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो। प्रहरीले श्रेष्ठलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाएको छ।

प्रतिक्रिया दिनुहोस