ट्युसन पढ्न हिँडेकी कविताको रहस्यमय मृत्यु, घटनाको यस्तो रहेछ नालीबेली..

उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको हत्या भएको छ । ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको शव मंगलबार बिहान यसोदा खोला नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कोशी जनता उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुनुवार मङ्गलबार बिहान ५ बजे ट्युसन पढ्न भनेर घरबाट हिँडेकी थिइन्। घरबाट हिँडेको दुई घण्टापछि उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

‘प्रहरी टोलीले घटनास्थलको सुरक्षा घेरा हालेर अनुसन्धान अगाडि बढाएको छ’, घटना शङ्कास्पद रहेकाले गम्भीर रुपमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।किशोरीको टाउकोमा ठूलो चो’ट रहेको र ढुं’गाले प्र’हा’र भएको जस्तो देखिने प्रहरीले जनाएको छ । स्थानीय रमेश बस्नेत भैँसीलाई खोलामा लैजाने क्रममा बिहान ६ बजेतिर शव देखेका थिए । त्यसपछि प्रहरीलाई खबर भएको थियो ।

घटनामा शंकास्पद दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कवितासँगै अध्ययन गर्ने किशोरी र उनका दाजु विनोद ढकाल छन् । दुईसँग सोधपुछ गर्दा कुरा बाझिएपछि उनीहरूलाई पक्राउ गरेको उदयपुर प्रहरी प्रमुख सुवास बोहराले बताए । प्रहरीका अनुसार उनीहरुबीच पुरानो मनमुटाब रहेको पाइएको छ ।

कबिता अध्ययन गर्ने विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साहका अनुसार ती साथीसँग फोनमा कुराकानी भएपछि कविता घरबाट निस्केकी थिइन् । तर, उनी बिच बाटोबाटै घर फर्किएको पाइएको छ । साहका अनुसार बेलका नगरपालिकाले स्कुलमा अतिरिक्त कक्षा सञ्चालन गरेको छ । स्कुलले बिहान सवा ६ बजे अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ ।

ढुं’गा प्र’हा’रबाट कविताको अनुहार क्ष’तवि’क्षत छ । उनको अनुहार चिन्न नसक्ने अवस्थामा छ । घटनापछि स्थानीय र विद्यार्थी आ’क्रो’शित छन् । उनीहरूले इलाका प्रहरी कार्यालय रामपुरमा घेराउ गरेका छन् ।

प्रहरीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ । श’व पो’स्टमा’र्टमको तयारी भइरहेको छ । विद्यालयका प्रधानाध्यापक शाहले अनुशासित र मेहेनती छात्राको ह’त्या हुँदा विद्यालय परिवार नै स्तब्ध बनेको बताउँदै घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरे ।

प्रतिक्रिया दिनुहोस