रिहाना फोर्ब्सको अर्बपति सूचीमा, किम कार्दसियन र केनी वेस्ट पनि समावेश

काठमाडौं,अमेरिकी पपस्टार रिहाना सन् २०२२ कै सबैभन्दा धनी सेलिब्रिटी बनेकी छन् । फोर्ब्स म्यागजिनले बुधबार सार्वजनिक गरेको संसारका धनाढ्यहरुको नयाँ सूचीमा रिहाना १.७ बिलियन डलरसहित १ हजार ७२९औं स्थानमा छिन् ।

सूचीमा र्‍यापर जे जेड, किम कार्दसियन उनका पूर्वपति केनी वेस्ट पनि समावेश छन् । रिहानाले आफूले सञ्चालन गरेको फेसन कम्पनी फेन्टी ब्युटी कस्मेटिक लाइन्सबाट आम्दानी गरेकी हुन् । साथै, उनले सेभेज एक्स फेन्टी लाइन्जियर पनि सञ्चालन गर्छिन् ।

विश्व हिपहप संगीतका चर्चित सेलिब्रिटी जे जेड १.४ बिलियन डलरसहित २ हजार ७६औं स्थानमा छन् । फोर्ब्स सूचीको पहिलो स्थानमा टेस्ला र स्पेस एक्सका मालिक एलन मस्क २.८९ बिलियन डलरसहित शीर्षस्थानमा छन् ।

मनोरञ्जन दुनियाँबाट सूचीमा समावेश हुने अर्का अर्बपति हुन्, पिटर ज्याक्सन । जो पहिलोपटक सूचीमा अटाएका छन् । हलिउडका चर्चित फिल्म सिक्वेल ‘लर्ड अफ द रिङ्स’ र ‘हबिट’ निर्माण गरेका उनी १.५ बिलियन डलरसहित १ हजार ९२९औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस