‘ए मेरो हजुर ४’बाट किन हटाइयो दुर्गेश थापाको दृश्य ?

पल शाह प्रकरणमा जोडिएका गायक तथा मोडल दुर्गेश थापालाई अर्को कडा झड्का लागेको छ ।थापालाई फिल्म ‘ए मेरो हजुर ४’को एउटा गीतबाट हटाइएको छ । दुर्गेशको स्वर रहेको एउटा क्लब गीत फिल्मबाट सोही प्रकरणका कारण हटाउन निर्माण यूनिट बाध्य भएको स्रोतले जनाएको छ ।

पल शाह प्रकरणले सबैभन्दा बढी निशानामा दुर्गेश परेका कारण दर्शकहरुबाट केही न केही अप्ठ्यारो अवस्थाको सामना गर्नुपर्ने भन्दै निर्माण यूनिटले होशियारी अपनाउँदै दुर्गेशकै अभिनय समेत रहेको उक्त भिडियोबाट दृश्य हटाइएको छ ।

र्यापरको भूमिकामा देखिएका दुर्गेशलाई फिल्ममा राख्दा दर्शकको नकारात्मक प्रतिक्रिया आउने आशंकमा निर्माण टिमले उनको दृश्य हटाएको हो । निर्माण टिमले उनको ठाउँमा र्यापर सुदीप भण्डारी९जी बब०को स्वरमा गीत रेकर्ड गराइसकेको छ ।

यो गीत सार्वजनिक गर्ने तयारी थालीएको निर्माण यूनिटले जनाएको छ । नमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म नयाँ वर्षको अवसर पारेर वैशाख १ गते रिलिज गरिँदैछ । जसको निर्देशन झरना थापाले गरेकी हुन् भने निर्माता सुनिल कुमार थापा हुन् ।

प्रतिक्रिया दिनुहोस