अमेरिकाद्वारा हतियारको कारोबार गरेको भन्दै रुस, चीन, उत्तर कोरियाका कम्पनी र व्यक्तिहरूमाथि प्रतिबन्ध

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले शुक्रबार इरान, उत्तर कोरिया र सिरिया अप्रसार ऐनअन्तर्गत प्रसार गतिविधिहरूको लागि रुस र उत्तर कोरियाका साथै जनवादी गणतन्त्र चीनमा रहेका पाँच संस्था र व्यक्तिहरूलाई प्रतिबन्धको घोषणा गरेको छ।

इरान, उत्तर कोरिया, र सिरिया अप्रसार ऐनले संयुक्त राज्य अमेरिकालाई विदेशी व्यक्ति, निजी संस्थाहरू, र प्रसार गतिविधिहरूमा संलग्न सरकारहरू विरुद्ध प्रतिबन्ध लगाउन अधिकार दिन्छ।

यस कार्य गरेको भन्दै अमेरिकाले रुसी संस्थाहरू अर्डिस ग्रुप अफ कम्पनी एलएलसी (अर्डिस समूह) विरुद्ध प्रतिबन्ध लगाएको हो। पीएफके एलएलसी र रूसी नागरिक इगोर अलेक्जेन्ड्रोभिच मिचुरिनका साथै उत्तर कोरियाली संस्था प्राकृतिक विज्ञान विदेशी मामिला ब्यूरोको दोस्रो एकेडेमी र उत्तर कोरियाको मिसाइल कार्यक्रममा संवेदनशील वस्तुहरू हस्तान्तरण गरेकोमा रि सुङ चोलविरुद्ध प्रतिबन्ध लगाइएको हो।

‘यी उपायहरू उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमलाई अगाडि बढाउने क्षमतामा बाधा पुर्‍याउने निरन्तर प्रयासको एक हिस्सा भएको र तिनीहरूले रुसले विश्व मञ्चमा चिन्ताका कार्यक्रमहरूको प्रवर्द्धकको रूपमा खेल्ने नकारात्मक भूमिकालाई टेवा पुर्‍याउनसक्ने भएकोले प्रतिबन्ध लगाएको अमेरिकी विदेश मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ।
अमेरिकाले अष्ट्रेलिया समूह रासायनिक र जैविक हतियार अप्रसार शासनद्वारा नियन्त्रित उपकरणहरू सिरियालाई आपूर्ति गरेकोमा चीनको जेङझोउ नानबेइ उपकरण कम्पनी लिमिटेडलाई पनि प्रतिबन्ध लगाएको छ।
पछिल्लो समय रुसले युक्रेनमाथि आक्रमण गरिरहेको समयमा हतियार निर्यातकर्ताहरुमाथि प्रतिबन्ध लगाएको हो।

प्रतिक्रिया दिनुहोस