केपी ओलीहरूका कारणले देशको विकास २५ वर्ष पछि पर्‍यो : कांग्रेस नेता पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीको कारणले देश २५ वर्ष पछि परेको आरोप लगाएका छन् । मंगलबार शंकरदेव क्याम्पसद्वारा आयोजित आर्थिक सवलीकरण – राजनैतिक शुद्धिकरण विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन्। ‘केपी ओलीहरू काे कारणले देशको विकास २५ वर्ष पछि पर्‍यो,’ उनले भने।

उनले अघिल्लो निर्वाचनमा जनताले मत दिएर जिताए पनि केपी ओलिले राजनीतिक व्यवस्थापन गर्न नसक्दा अवसर हुँदा हुँदै पनि देश विकास नगरेकोआरोप लगाए। अरुण तेस्रो परियोजना निर्माणकाे प्रसंग जोड्दै उनले भने , ‘०५१ सालमा एमालेले अरुण तेस्रो परियोजना रोक्यो, त्यो परियोजना नरोकिएको भए ०५६ मा सम्पन्न हुन्थ्यो, आज हामीले भारतबाट बिजुली किनेर उज्यालो प्राप्त गर्ने स्थिति रहँदैन थियो। केपी ओलीजीहरूको कारणले नेपालको विकास २५ वर्ष पछाडि पर्‍यो।’

उनले आगामी निर्वाचनमा कांग्रेसले राजनीतिक शुद्धिकरण र उत्पादनको नीति र योजनासहित जनतामा जानुपर्ने पनि बताए। देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेको र अबको बाटो आर्थिक विकास र गुणस्तर विकासको हुनुपर्ने र त्यसको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस