मेरो भर्खरै जन्मेको छोराको कसम खाएर भन्छु पल जेल जाँदा मेरो आँसु झरेको छ, श्रीमती रोएकि छिन (भिडियो सहित)

“पललाई मैले फसाएर गर्नु के छ र ? हामी संगै हिडेको, हामी संगै भिडियो खेलेको, आखिर मैले पललाई फ’सा’र अथवा मा’रे’र के पो पाउछु र ? के मा उसको ठाउँ नै लिन पाउछु ?” भावुक हुदै दुर्गेश थापा भन्छन।

दुर्गेस भन्छन, “म पललाई एकदमै माया गर्ने मान्छे हो र बिचमा अरुले नै गेम खेल्देको हो। सबैभन्दा बढि गेम खेल्ने भनेको उसको सबैभन्दा नजिकको सहयोगी कृष्ण जोशी ले हो।” यसबीच पल शाहले सार्वजनिक गरेको अडियो क्लिपबारे दुर्गेश भन्छन, “मैले नराम्रो बोलेको क्लिप मात्र त्यहा राखियो, मैले पललाई सम्झाको अडियोहरु पनि थियो त्यहा फोन गरेर । ”

पल शाहलाइ पनि कृष्ण जोशीले त्यहि काटेको अडियो उपलब्ध गराएको गायक दुर्गेश थापा बताउछन। यहि बाट पल र मेरो सम्बन्ध म्यानेजर कृष्ण जोशी ले बिगार्दिए, दुर्गेश थापा भन्छन। त्यो अडियो एक वर्ष अगाडीको हो र मेरो र पलको सम्बन्ध बिग्रेको पनि एक वर्ष भैसको।

अहिले पल जे’ल गएपछि चाहि तपाइँ र पलको कुराकनी हुन्छ कि हुदैन भन्ने प्रश्ननमा दुर्गेश भन्छन, “हुन्छ, राम्रो संग हुन्छ। उसले मलाइ सम्झाउछ अनि मा उसलाई सम्जाउछु। तिमि नआत्यौ सबै कुरा ठिक हुन्छ ढिलो चाडो मात्र हो, हामीबीच बिचमा मिस-अन्डर्स्टान्डिङ भएको मात्र हो भन्ने खालको गफहरु हुन्छ । बाँकी भिडियोमा:

प्रतिक्रिया दिनुहोस