सर्वोकृष्ट नायकको अवार्ड पल शाहले जिते , पूजा भइन् सर्वोकृष्ट नायिका

काठमाडौं । अभिनेता पल शाहले सर्वोकृष्ट नायकको अवार्ड जितेका छन् । चलचित्र विकास बोर्डमा सोमबार एक कार्यक्रमकाे आयोजना गरि अभिनेता पललाई सार्वोकृष्ट नायकको अवार्ड दिइएको हो ।

बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् । त्यस्तै सर्वोकृष्ट नायिकाको अवार्ड नायिका पूजा शर्मा र सर्वोकृष्ट निर्देशकको अवार्ड सुदर्शन थापाले जितेका छन् । उनीहरुले ‘म यस्तो गीत गाउँछु – २’ बाट सर्वोत्कृष्ट नायक, नायिका र निर्देशकको अवार्ड जितेका हुन् ।

त्यस्तैगरी वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु– २’ नै घोषित भएको छ। नायक पल शाह हाल नाबालिका बलात्कार गरेको आरोपमा हिरासतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस