हामीलाई पाँच वर्ष सरकार चलाउन दिनुस्, देश कस्तो बनाउँनु पर्छ देखाउँछौंः कुन्ती शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्ती शाहीले आफुहरुलाई पाँच वर्ष सरकार चलाउन दिए देश कस्तो बनाउँनु पर्छ भन्ने देखाउने बताएकी छिन् ।

कांग्रेस, एमाले र माओवादी सबैलाई हेरिसकेको भएकाले अबको पालो राप्रपाको भएको भन्दै उनले एक पटक राप्रपालाई विश्वास गरेर ‘हलो’ चिन्ह्मा भोट हाल्न आग्रह समेत गरिन् ।

अरु पार्टीलाई पटक–पटक सरकार चलाउँन दिदा समेत केही गर्न नसकेको तर राप्रपालाई एक पटक मात्र सरकार चलाउँन दिए देश बनाएर देखाउँने बताईन ।

उनले भनिन– ‘हामीले पटक–पटक धेरै चोटी कांग्रेस र माओवादीलाई हे¥यौं, अब हामी २०÷१५ वर्ष भन्दैनौ २५÷३२ वर्ष भन्दैनौं, एक पटक पाँच वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीलाई स्थानीय सरकार चलाउँन दिनुस्, प्रदेश र संघको सरकार चलाउँन दिनुस् कस्तो स्थानीय सरकार, गाउँपालिका र नगर हुनु पर्दो रैछ । कस्तो देश बनाउँनु पर्दो रैछ, कस्तो जनता अधिकार सम्पन्न अनुहारमा जनताको हाँसो कसरी आउँदो रैछ ? भन्ने कुरा हामी देखाउँन चाहान्छौं ।

त्यसैले तपाईहरुको भरोसा जित्नका लागि तपाईहरुको माझमा नेता, शासक बनेर हैन तपाईहरुसँग सेवकको रुपमा काम गर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी आएको छ । र एक चोटी राष्ट्रिय प्रजातन्त्र पाटीलाई विश्वास गरेर यो चोटी ‘हलो’लाई मतदान गरेर तपाईहरुले हामीलाई साथ दिनुस् भन्नका लागि जनताको माझमा राप्रपा भन्ने अभियान हामीले ल्याएका छौं ।

अरु धेरै कुराहरु भ्रष्टाचारका कुराहरु, अन्य शुशासनका कुराहरु, अन्य विकृतिका कुराहरु, हाम्रो उपाध्यक्ष ज्यु, प्रवक्ता ज्यु हुनुहुन्छ उहाँहरुले भन्नु नै हुनेछ । तपाईहरुको माझमा म पटक–पटक सधै रहिरने छु र एउटा मात्र कुरा गर्न चाहान्छु, यहाँँका नगर बासीहरुलाई हामी कस्तो खालको नगर नारायण नगरका अन्य गाउँपालिकाका हामी जनता भएका छौं । हाम्रा स्थानीय नेताहरुलाई भत्ता खुवाई दिनु पर्ने गाडी घोडा उहाँहरुले चड्नु पर्ने ।

अब आट गर्नुस् अब तपाईहरुले आफुलाई परिर्वतन गर्नुस्, आफ्नो निर्णयलाई एक चोटी आफ्नो लागि परिर्वतन गर्नुस् । मेरो समाज, गाउँ, नगर र जिल्लाका लागि एक चोटी मेरो यो भोट मेरो देशका लागि र देश बचाउँनको लागि राप्रपालाई दिन्छु भन्ने आट गर्नु भन्नका लागि तपाईहरुको माझमा आएका छौं ।

 

प्रतिक्रिया दिनुहोस