५ हजार जनासहित माओवादीबाट राजीनामा दिएर एमाले प्रवेश गर्ने तयारीमा यी नेताहरु

काठमाडौं ।तत्कालीन नेकपा माओवादीले दस वर्षसम्म सञ्चालन गरेको सश’स्त्र यु’द्धमा १२ वर्षकै उमेरमा होमिएका योद्धा हुन्– लेलिन विष्ट। तर शान्ति सम्झौतापछि सेना समायोजनका बेला उनीसहित थुप्रै बाल लडा’कु अयोग्य भए, बहिर्गमनमा परे।

हाल उनी बहि’र्गमित ज’नमुक्ति सेना, नेपालका अध्यक्ष छन्। माओवादी नेतृत्वले आफूहरूलाई अलपत्र पारेको आरोप लगाउने उनी अब समूहसहित नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छन्।

यसका लागि एक डेढ वर्षदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भइरहेको र अब केही दिनभित्र सहमतिमा पुग्ने सम्भावना रहेको उनले बताएका छन्।

अब माओवादी कहिले छाड्नुहुन्छ?
म एक दुई दिनमा राजीनामा दिन्छु।तपाईं एमालेमा प्रवेश गर्न लागेको कुरा सत्य हो ?

छलफल भइराछ। छलफल भएपछि सत्य नै भन्नुपर्यो नि। एउटा दुइटा मु’द्दाका विषयमा फाइनल भइसक्या छैन। यु’द्ध अपरा’धको मु’द्दा हामीले हाल्ने भन्ने कुरा हो, उहाँहरूबाट ग्रिन सिग्नल आएको छ। यु’द्ध अपराधीहरूलाई उन्मुक्ति नहुने हिसाबको कामहरू गरिन्छ भने अगाडि बढ्ने भन्ने कुरा हो।

प्रतिक्रिया दिनुहोस