अफगानिस्तानको बामियानमा शिक्षाबाट वञ्चित युवतीद्वारा हस्तकला उत्पादन केन्द्र स्थापना

काबुल—अफगानिस्तानको बामियानमा शिक्षाबाट वञ्चित २० भन्दा बढी बालिका–युवतीहरूले आफ्नै खर्चमा हस्तकला उत्पादन केन्द्र स्थापना गरेको, टोलो न्यूजले उल्लेख गरेको छ।

युवतीहरूले आफूहरू आफ्नो परिवारलाई मद्दत गर्न र शिक्षाबाट वञ्चित अन्य बालिका–युवतीहरूको लागि रोजगारीका अवसरहरू सिर्जना गर्न काम गरिरहेको बताए।

बालिका मध्ये एक मासुमा मोहम्मदीले भनिन्, ‘हामी विद्यालय र विश्वविद्यालयबाट टाढा रहेकाहरूलाई भेला गर्न चाहन्थ्यौं । तिनीहरूले पढेका थिए, तर तिनीहरूले कुनै सिप सिकेका थिएनन्, तिनीहरू घरमा बसिरहेका थिए र धेरै दुःखी थिए।’

‘म बाह्र कक्षामा थिएँ जब मैले श्रीमती अमिनालाई भेटें, र उहाँले हामीलाई यो काम सुरु गर्न प्रेरणा दिनुभयो,ू अर्की केटी सलिहा अली जादाले भनिन्।

उनीहरूले तालिबान शासनका अधिकारीहरू र निजी संस्थाहरूलाई आफ्ना आवश्यकताहरू पूरा गर्न एकसाथ आउन आग्रह गरेको, टोलो न्यूजले उल्लेख गरेको छ।

व्यापारी मसोना नाजारीले भनिन्, ‘हामीसँग उपकरण छैन, सिलाई गर्ने महिला छन् तर अत्याधुनिक औजार छैन, उचित सुविधा छैन, समस्या छ, छिटो काम गर्न सक्दैनन् ।’

बामियानका सूचना तथा संस्कृति प्रमुखले महिलाको हस्तकलाका उत्पादन महत्वपूर्ण भएको बताउँदै यस प्रदेशमा आफ्ना हस्तकलाको बजारीकरण गर्न प्रदर्शनी आयोजना गर्ने घोषणा गरे ।

बामियानका सूचना तथा संस्कृति विभागका प्रमुख सफिउल्लाह जायदले भने, ‘हामी उनीहरुका लागि मार्केटिङको क्षेत्रमा काम गर्छौँ, काबुलमा ठूला प्रदर्शनी भएमा बामियान प्रान्तका महिला कामदारको हस्तकला प्रदर्शन गर्छौँ ताकि उनीहरुले पैसा कमाउन सकून् ।’

अधिकारीहरुका अनुसार बामियानका केन्द्र र जिल्लामा सयौं महिला हस्तकला उत्पादनमा संलग्न छन्, जसले आफ्नो परिवारको जीवन खर्च धान्न मद्दत गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस