बहिनीले भोक लागो भन्दा दाजुले सकिनसकी पानी तताएर चिया भन्दै दिँदा रहेछन् (भिडियो सहित)

यो दुनिया कसैको लागि सुन्दर रंगमञ्च हुन्छ भने कसैको लागि यो दुनिया दुः ख नै दुः खको पहाडले घेरिएको हुन्छ भन्ने कुराको वास्तविक उदाहरण झापा जिल्लाको एउटा सानो झुपडीमा आमाबाबुको सहरा बिना नै बस्दै आएका सात वर्षीय दाजु हिमाल तामाङ र उनका तीन वर्षीय बहिनीलाई हेर्न सकिन्छ। आमा कता छ था हा छैन अनि बुबा कता छन् त्यो पनि उनीहरूलाई था हा छैन त्यही पनि बुबाआमा आउने आशमा उनीहरू घर नछोडी बसिरहेका छन् ।

उनीहरूको त्यो सानो झुपडीमा खा ना का लागि चामल समेत नरहेको देखिन्छ त्यही पनि दाजु हिमाल तामाङले आफ्नु बहिनीलाई भो क लाग्यो भनेपछि जसोतसो आगो फुकेर चिया भन्दै तातोपानी खुवाउने गरेका रहेछन्। दुबै दाजु बहिनीलाई आमाबुबा कता हुनुन्छ भन्ने प्रश्न गर्दा उनीहरू दुबैलाई था हा छैन भन्ने उत्तर मात्रै आउने रहेछ। यस्तो अवस्था देखे पछि उनीहरूको मामा माइजुले अहिले सम्म बिहान बेलुकीको खाना खुवाउने गरेका रहेछन।

अझै पछि मजाले बुझ्दै जाँदा उनीहरूको आफन्त मामा बाट यस्तो कुरा बाहिर आएको छ,’ यिनीहरूको आमा बुवा अहिले बिर्तामोडको बी.एन. सि. हस्पिटलमा छन्। मेरो बहिनी यिनीहरूको आमालाई पहिले पा ठेघ रको स मस् याले अस्पताल भर्ना गरेको थियो तर पछि चेकअप गराउँदा डाक्टरले दुबै मृगौलामा घा उ भएर मृ गौ ला फा ल् नु पर्ने अवस्था आएको भनेका रहेछन् अस्पतालमा त्यही भएर उनीहरू गाउँ फर्किन सकेका छैनन्।’

आमाको यस्तो अवस्थाको बारेमा ती साना नानीहरूलाई सम्हाल्न गा ह्रो हुन्छ भनेर गाँउ घरका मान्छेले पनि नभनेका रहेछन त्यही पनि ती नानीहरू हाम्रो आमाबुबा कहिले आउनु हुन्छ भनेर सोधिरहदा रहेछन् गाउँले लाई। अस्पतालमा यी साना नानीहरूको आमालाई उपचार गर्न करिब बीस लाख जति रकम चाहिने भएका कारण अहिले यो परिवारलाई धेरै नै सह योग को जरुरी रहेको देखिएकाले गाँउमा गाउँले हरुले मिडियाहरु बोलाएर सह यो गको अपिल गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस