युवालाई अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो ?अब हामि नेपालमा राेजगारीकाे सिर्जना गर्छौ: राजेन्द्र लिङ्देन

काठमान्डौराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तनको लागि होमिएका युवालाई अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो भन्दै ठूला दललाई प्रश्न गरेका छन्।

शुक्रबार चितवनको भरतपुरमा आयोजित आमसभामा सम्बोधन गर्दै उनले कृषिप्रधान देशमा किसानले पैसा तिरेर पनि मल किन्न नपाउने, सिटामोल माग्दा अदालतको आदेश चाहिने अवस्था आउनुमा ठूला दल दोषी भएको बताए।

‘नेपाली युवाले बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो?,’उनले प्रश्न गरे, ‘कृषि प्रधान देश भन्ने पैसा तिरेर पनि मल बीउ किन्न नपाइने? चोरीको बाटोबाट ल्याएको मल बीउ किन्नुपर्ने?’

ठूला भन्ने दलहरूले विदेशीको सहयोगबिना नेपाललाई बनाउन नसक्ने सोच राखेको उनले आरोप लगाए।‘अब नेपाली मतदातासँग एक चुनाव हेरौं भन्ने समय छैन। जनता कुनै राजनीतिक दलको गोठमा बाँधेका गाईवस्तु होइनन्,’ उनले भने।

यदि कसैले उद्योग खोल्न चाहे पनि सबै दललाई भाग छुट्याउनुपर्ने अवस्था आएको उनले बताए।त्यस्तै, कर तिर्न पनि कमिसन बुझाउनुपर्ने अवस्था आएको उनले बताए।

प्रतिक्रिया दिनुहोस