कांग्रेसले राष्ट्रघात गर्न जानेको छैन सधैं जनताको हितमा काम गर्छ : महामन्त्री शर्मा

काठमाडौं ।कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कहिल्यै पनि राष्ट्रघात गर्न नसक्ने बताएका छन् । उनले राष्ट्रियताको नारा लिएर जनताको पक्षमा काम गर्दै आएको कांग्रेसले राष्ट्रघात गर्‍यो भनेर भ्रम फैलाउनेहरूलाई जनताले प्रश्न गर्न सक्नुपर्ने बताए । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बिहीबार कांग्रेसको नगर सम्मेलनलाई

सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसले मात्रै सुरुदेखि नै एमसीसीका बारेमा प्रष्ट धारणा राखेको बताए । ‘फेसबुकमा नो एमसीसी लेख्नेको दोष छैन, सडकमा एमसीसी मुर्दावाद भनेर कराउने युवाहरूको दोष छैन, जसले यो एमसीसी पास हुने बित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरे ।

यो यस्तो हो, उस्तो हो भनेर भ्रम फैलाए, दोषउनीहरूको हो, द्वैध चरित्र देखाउने नेताहरूको हो,’ उनले भने, ‘कमरेड प्रचण्ड र माधव नेपाल अहिले सहमत हुनुभयो । तर, उहाँहरू नै बालुवाटारमा सहमति गरेर बानेश्वरमा जुलुस लगाउने पनि । उहाँहरूले नै पहिले राष्ट्रघाती भनेर भ्रम फैलाउनुभयो । अहिले उहाँहरू नै यसको पक्षमा हुनुहुन्छ । कमरेड केपी ओली आफैँले
मन्त्रिपरिषद्‌बाट निर्णय गराएर एमसीसी सम्झौता संसद्‌मा दर्ता गराउनुभएको थियो । अहिले संसद्‌मा उहाँहरूले चार घण्टा नारा लगाउनुभयो।

तर, एमसीसीकाबारेमा एक शब्द बोल्नुभएन । कांग्रेसलाई एमसीसी पास गरौँ । तर, यो चुनाव सकेरमात्रै पास गरौँ भन्ने प्रस्ताव आएकै हुन्,’ महामन्त्री शर्माले अघि भने, ‘ए बाबा
अहिले पास गर्दा राष्ट्रघाती हुने, चुनवापछि गर्दा राष्ट्रघाती नहुने कसरी हुन्छ ?

राष्ट्रघात हो भने त चुनाव अघि गरेपनि त्यही हो, पछि गरे पनि त्यही हो । त्यसैले म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, कांग्रेसले राष्ट्रघात गर्दैन, राष्ट्रघात गर्न जानेको छैन । उनले एमसीसी चुनावपछि पास गरौँ भन्नेहरूले बानेश्वरमा उफ्रिरहेका युवाको भोटमात्रै
हेरेको, तर कांग्रेसले ती युवाको भविष्यबारे सोचिरहेको दाबी गरे । शर्माले नेपालमा पनि युक्रेनमा रुसले गरेजस्तै अवस्था आउन सक्ने भनेर प्रचार गरिएकोमा युक्रेन र नेपालको अवस्थामा धेरै फरक रहेकोबताए ।

अब ग्यास मुक्त देश बन्दै नेपाल, एक घर एक बिधुतिय चुलो माओवादीले नि:शुल्क दिने
नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनलाई भौतिक उत्प्रेरणाको प्रभावमा नपरी सही नीति र नेतृत्वको छनोट गर्दै समाजवादउन्मुख समृद्धिको बाटोमा अगाडि बढ्न आम मतदातामा अपिल गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा आज विशेष अपिल सार्वजनिक गर्दै माओवादीले नीति र नेतृत्वबीचको अन्तरविरोधका कारण समस्या पैदा भएकाले सही नीति बोक्ने नेतृत्वलाई विजयी गराउन आग्रह गरेको हो ।

एकाधिकारबाट पीडित, निराश र निमुखा बन्दै गएका जनसमुदायको विशाल हिस्सालाई आर्थिक सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको हिस्सेदारसमेत बनाउने आफूहरूको विकास मोडेलबाट नै समाजवादउन्मुख समृद्धि सम्भव हुने माओवादीले अपिलमा भनेको छ ।

प्रतिक्रिया दिनुहोस