भरतपुरमा कांग्रेसले पेल्न खोजे माओवादी एक्लै चुनाव लड्छ, अत्याधिक मतले जित्छ : प्रचण्ड

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सहमति नजुटे आफूहरु एक्लै चुनावमा जाने बताएका छन् ।

पेरिसडाँडामा जारी पत्रकार सम्मेलनमा उनले आफूहरुले ६ वटा महानगरपालिकामध्ये १ वटा महानगरपालिकामा आफूहरुको दाबी रहेको र सहमति नभए एक्लै चुनावमा जाने बताए ।

उनले आफूहरुले एउटा मात्रै महानगरपालिकामा दाबी गरेको र भरतपुर महानगरपालिका दिएमा आफूहरुलाई अलि सजिलो हुने देखिएकोले आफूहरुले भरतपुर चाहिने भनेको बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नसर्ने बताएका छन् । पत्रकार सम्मेलनमा प्रचण्डले निर्वाचन सर्ने प्रयास अनुमान मात्र भएको भन्दै भने, ‘निर्वाचन सन्दैन । गठबन्धनमा निर्वाचन सार्नेबारे कुनै तर्क वितर्क भएको छैन । हामी निर्वाचनमा केन्द्रित भएर लागेका छौं ।’

प्रचण्डले सरकार र सरकारमा रहेका कुनै पनि दल निर्वाचन सार्ने मनसायमा नरहेको भन्दै उनले सत्तारुढ गठबन्धन सम्पूर्ण रुपले निर्वाचनमा होमिइसकेको बताए ।

यस्तै उनले साझा चुनाव चिन्हबारे छलफल भइरहेको स्वीकार गरेका छन् । तर आसन्न स्थानीय निर्वाचनमा त्यो सम्भावना कम रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस