शेरवहादुर देउवा लाई प्रधानमन्त्री बनाएर ठुलो भुल गरे मैले कांग्रेस अहिले मेरै क्षेत्रमा हामीलाई लखेट्न खोज्दैछन् मैले लगाएको गुन बिर्सियोः प्रचण्ड ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापतीसँग नराम्ररी चित्त दुखाएका छन् । उनले नेपाली कांग्ेसका सभापतीसँग चित्त दुःखाएका हुन् । प्रचण्डको भनाईपछि चितवन कांग्रेस झन् रुष्ट बनेको छ ।

संसद्को आउँदो चुनावमा चितवनबाटै प्रतिस्पर्धा गर्ने बताएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनकै सहयात्री दल कांग्रेसको जिल्ला नेतृत्वप्रति चित्त दुखाइ गरेका छन् ।

दाहाल २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेर चितवन–३ बाट विजयी भएका हुन् । त्यसअघि भएको स्थानीय निर्वाचनमा उनकै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेससँगको तालमेलमा छोरी रेणु दाहाल विजयी भएकी थिइन् । अहिलेको सत्तारूढ गठबन्धन चुनावसम्मै कायम रहने दाहालको भनाइ छ । तर, चितवन कांग्रेसको नेतृत्वले यो विषयमा फरक मत राखेको छ ।

केही दिनअघि भएको एक कार्यक्रममा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पुष्पकमल दाहाल र रेणु दाहालप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । जिल्लाका अन्य कांग्रेस नेताहरूले पनि आउँदो निर्वाचनमा चितवनमा कांग्रेसका नेता–कार्यकर्ता, समर्थक, शुभचिन्तक र मतदाताले रूखबाहेकका चिह्नमा मत हाल्नुपर्ने अवस्था आउन नदिने बताउने गरेका छन् ।

कांग्रेसका नेताहरूबाट चितवनमा व्यक्त हुन थालेको यो अभिव्यक्ति उचित नभएको दाहालले बताए । ‘मैले त सोच्थें कमसेकम चितवनका नेता–कार्यकर्ताहरू खुसी भए होलान्, उनीहरूले मलाई, माओवादीलाई धन्यवाद भन्लान्, अब हामी राम्रैसँग मिलेर जान्छम् भन्लान् भन्ने ठानेको त प्रचण्डलाई, रेणुलाई खेद्नुपर्छ भनेर यहाँका सभापतिहरूले बोले,’ उनले भने ।

केपी ओली प्रवृत्ति अन्त्य गरी संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न गठबन्धन बनेको उनले बताए । चितवन कांग्रेस नेतृत्वले आफ्नो वर्ग स्वार्थअनुरूप बोलेको र यो लडाइँ पनि आफूले हेर्ने दाहालले बताए ।

आउँदो निर्वाचनमा चितवन कुरुक्षेत्र हुने उनको भनाइ थियो । भरतपुरमा शुक्रबार बिहान आयोजित कार्यक्रममा दाहालले भने, ‘चुनाव आउँदै छ र यो चुनाव आउँछ, जान्छ भन्ने मात्रै ठानिएको छ भने त्यो सही हैन । यहाँ ठूलो लडाइँ हुँदै छ । महाभारत हुँदै छ ।’ कुरुक्षेत्र हुने भनेको हिंसा अशान्ति हुने हो भन्ने अर्थमा नबुझ्न उनले अपिल पनि गरे ।

राष्ट्रिय महाधिवेशन चितवनमा सारेर केपी ओलीले आफूलाई प्रहार गर्न खोजेको उनले बताए । ‘एमालेले चितवनमा महाधिवेशन गर्ने भएपछि अब प्रचण्ड भाग्छ, चुनाव लड्न बर्दिया जान्छ कि कालीकोट जान्छ भनेर काठमाडौंमा भनियो । म चितवन छोड्दिनँ, म भाग्ने मान्छे हुँदै होइन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस