एमालेको नयाँ चुनावी गीत ‘मेरो देशै एमाले, म त यसै एमाले’ सार्वजनिक [भिडियो]

काठमाडौँ: नेकपा एमालेको नयाँ चुनावी गीत ‘मेरो देशै एमाले, म त यसै एमाले’ सार्वजनिक भएको छ।

पाँच वर्षअघिको स्थानीय चुनावमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा बहुचर्चित बनेको ‘सैं पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गीत जस्तै यसपटक पनि चर्चित कलाकारको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको छ ।

‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीतमा बद्री पंगेनी, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा,पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिएका छन् ।

यसपटक लोकप्रिय कलाकारहरु समेटर चुनावी गीत ल्याएको हो । डिम प्रसाद पौडेल, राजेन्द्र सापकोटा लगायत निर्माता रहेको सो गीतमा चर्चित मोडलहरुले अभिनय गरेका छन् ।

सुजन लम्सालको शब्द र परिकल्पनामा आएको सो गीतमा राजु गुरुङ,गंगा पुन,भिमु गुरुङ,लक्ष्मी खड्का,माया पर्दे,डोलराज मगर,प्रसाद लामिछाने लगायतको स्वर पनि समावेश छ ।

प्रतिक्रिया दिनुहोस