आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउँछौँ समृद्ध नेपाल निर्माण गर्नेछौं : रामकुमारी झाँक्री

नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति जनाएकी छन् ।निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेद,,वारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान कायम गरेपछि प्रधान मन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले आपत्ति जनाएकी हुन् ।

उनले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई नेपालको संविधानको धारा ३८(४) पनि स्मरण गराएकी छन् । धारा ३८ (४) मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ उल्ले ख छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (४) मा राज नीतिक दलहरुले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिँदा पचास प्रतिशत स्थानमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था छ ।

देउवाले भनेकी छन्, ‘नेपालको संविधानको धारा ३८(४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वा चन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।’

यो पनि,,मेयर टिकट नपाएको भन्दै डिल्लीराम घिमिरेले रूँदै त्यागे एमाले (हेर्नुस भिडिओ) झापा आन्दो लनका एक हस्तीले नेकपा एमाले त्यागेको घोष णा गरेका छन्। मंगलबार बिहान मेचीनगरका स्थानीय पत्रकारसँग आँसु खसालेर नेकपा एमा लेको साधारण सदस्यता समेत नर हने गरी पार्टी परित्याग गरेको बताए।

मेची नगरपालिकाको मेयरका आकांक्षी बनेका नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले पार्टी भित्रको चरम गुटबन्दीका कारण पार्टीबाट अल ग भएको सेतोपाटीलाई बताए।मेची नगरमा घिमि रे नेकपा एमालेबाट नगर प्रमुख पदका लागि आकांक्षी थिए।

तर, हालै सम्पन्न पाटीको आन्तरिक मतदान सहितको सर्वेक्षणमा उनी पछि परेका थिए। गएको स्थानीय तहको निर्वाचनमा पनि घिमिरे मेयरका लागि आकांक्षी थिए।

स्थानीय पार्टी कमिटीले अर्को स्थानीय तहको निर्वाचनका मेयरका लागि पक्का गरेपछि उनले त्यस बखत उक्त पदको दाबी छोडेका थिए।

नेकपा एमाले झापाले भने घिमिरेले पार्टी छोडेको विषयमा आधिकारिक धारणा दिएको छैन। पार्टीका झापा अध्यक्ष दीपक कार्कीले घिमिरेले पार्टी छोडेको विषयमा नेतृत्वलाई

जानकारी नभएको बताए।काँकडभिट्टा निवासी घिमिरे एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटीका संयोजक हुन्।

नेता घिमिरे तत्कालीन काँकडभिट्टा गाविस अध्यक्ष समेत हुन्। नेता घिमिरेले पार्टी निर्माण र संगठन विस्तारसँगै जनसेवामा समर्पित हुँदा समेत एमालेले आफ्नो योगदानको कदर नगरे को बताउँदै पार्टी छोडेको बताए।

उनले मेयरको आकांक्षा राख्दा आफूलाई पार्टीले रिङआउट गरेको आरोप लगाए।उनले सामाजि क सञ्जालमा लेखेका छन्,‘आदरणीय मेरा सहयोगी मित्रहरू।

यो पटक ममाथि भएको अन्याय सहन सकिनँ। एउटैलाई थपिथपि जिम्मेवारी र अरूलाई अवसरबाट बञ्चित गर्ने चरम गुटबन्दीका नाइकेहरूसँग बसेर पटक/

पटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मितिबाट नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट बिदा लिएँ।’

उनले माया गर्ने साथीसँग माफी पनि मागेका छन्। पार्टीले प्रदेश सांसद गोपालचन्द्र बुढाथो कीलाई मेयरमा अगाडि सारेपछि डिल्लीराम घिमिरे , निलकण्ठ तिवारी लगायतका अन्य सबै आकांक्षीहरु रूष्ट भएका छन्।

घिमिरे झापा आन्दोलनदेखि नै पार्टीमा सक्रिय थिए। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकट हुन्।

बनेपा । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताएकी छन् । काभ्रेपलाञ्चोकको पाँचखालमा आज नेकपा (एकीकृत समाजवादी) पार्टीको पाँचखाल नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्ध भएको हुनाले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताइन् ।

यसअघिको सरकार र पार्टीको नेतृत्व गर्नेले अरुको अस्तित्वलाई स्वीकार नगरेका कारण विद्रोह गर्नुपरेको बताउँदै उनले अहिलेको गठबन्धनले त्यस्ताखाले अवस्थाबाट छुटकारा दिलाउनको लागि स्थानीय तहको निर्वाचनदेखि प्रदेश र सङ्घ सरकारको निर्वाचन गरेर मुलुकलाई समृद्धि बनाउने दिशामा अगाडि बढ्न गठबन्धन बनेको उनको भनाइ छ ।

“सबैसँग एकअर्कामा सहकार्य, सहअस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न गठबन्धन गरेका हौँ”, उनले भनिन्, “एक्लै हिँड्छु भनेर हिँड्यौ भने हामी कहीँ पुग्दैनौँ, हामी सँगसँगै हिँड्यौँ भने लक्ष्य हासिल गर्न सकिन्छ ।” मन्त्री झाँक्रीले पार्टीको नेता तथा कार्यकर्तालाई पनि त्यहीँअनुसारले काम गर्न आग्रह गरिन् ।

संविधानसभा सदस्य विदुर सापकोटाले प्रतिगमनकारी शक्तिका अवशेषलाई समाप्त गर्दै वर्तमान व्यवस्थालाई जोगाउन, प्राप्त उपलब्धिको संरक्षण गर्न र मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउनको लागि अहिलेको गठबन्धन भएको बताइन् ।

बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहँदा विगत पाँच वर्षमा जनप्रतिनिधिले केके गरे र अब के गर्दैछ भन्ने कुरालाई राम्रोसँग मनन् गरेर अगाडि बढ्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस