कुलमान घिसिङप्रति ओलीको आक्रोशः वास्तवमा लोडसेडिङ हटेको छैन !

बैशाख ७ ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रति आक्रोश व्यक्त गरेका छन् ।

आज ललितपुरमा आयोजित युवासँग म कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भारतबाट ३८ रुपैया प्रति युनिट बिजुली किनेर लोडसेडिङ हटाएको भन्ने गरिए पनि वास्तवमा त्यो नहटेको पनि जिकिर गरे ।

उनले कुलमानको तस्वीर माओवादीको चुनावी प्रचारमा प्रयोग गरिएकोमा पनि असन्तुष्टी जनाउदै ३८ रुपैयामा बिजुली किन्ने र ४ रुपैयामा बेचेर देशलाई ३४ रुपैया प्रति युनिट घाटा पुर्याउने कुलमान जस्ता व्यक्तिको फोटो बोकेर हिँडेको भन्दै माओवादीप्रति व्यग्य गरे ।

घिसिङलाई आफू प्रधानमन्त्री हुँदा ओलीले पुनः नियुक्तिको चौतर्फी दबाबका बीच पनि नगरी हितेन्द्र देव शाक्यलाई नियुक्त गरेका थिए ।
पछि देउवा प्रधानमन्त्री भएपछि उनलाई माओवादी र काँग्रेसका मन्त्रीहरुको पहलमा पुनः प्राधिकरणमा ल्याईएको थियो ।

प्रतिक्रिया दिनुहोस