भरतपुर महानगरपालिका के फेरी रेणु दाहालले चुनाव जित्न सक्छिन् ?

बैशाख १३ भरतपुर । भलै माओवादी केन्द्र सांगठिन रुपमा काँग्रेस र एमाले जतिको बलियो छैन भरतपुर महानगरपालिकामा । तर पनि आउने निर्वाचन जित्ने आत्माविस्वास उम्मेद्धार रेणु दाहालमा देखिन्छ । एमालेका प्रदेश सांसद विजय सुवेदी त्यो पद त्यागेर मेयरका लागि मैदानमा आएका छन् ।

अबको रेणु दाहालको मुख्य प्रतिस्पर्धा सुवेदीसँग हुने आंकलन शुरु भएको छ । किन भने काँग्रेसले आधिकारीक रुपमा माओवादीलाई समर्थन गरेको छ । यद्यपि, चितवनमा काँग्रेसको जगन्नाथ पौडेलले बागी उम्मेद्धार खडा भएका छन् । उनलाई फिर्ता गराउन काँग्रेसको उच्च नेतृत्वले प्रयास गर्नेछ ।

रेणु संगठनको आधार भन्दा बढी कामका कारण भरतपुरमा लोकप्रिय भएको तथ्यहरुले देखाएका छन् । दाहालले पाँच वर्षको अवधिमा भरतपुरमा उल्लेख्य र महत्वपूर्ण विकास गरेको अनूभूति धेरैले गरेका छन् ।

अस्पताल सेवा, किशानलाई अनुदान, बाटो , पुल, लालपूर्जा वितरण देखि विद्यालय व्यवस्थापन सम्म दाहालको कामलाई सर्वसाधारणले पार्टी भन्दा माथि उठेर समर्थन गरेको देखिन्छ । जनताबाट पाएको सोही मायालाई रेणुले जीत्ने आशाको आधार बनाएकी छन् । उनी दिनुहँ जनभेटघाट, किशानका घर देखि अस्पतालका बिरामी चाहर्न पुगिरहन्छिन् । यसले उनीप्रतिको सहानुभूति उल्लेख्य देख्न सकिन्छ अन्य उम्मेद्धारको तुलनामा ।

तर संगठन तेस्रो पोजिसनमा रहेकाले उनलाई त्यति जनसमर्थनले मात्र जितिन्छ भनेर ढुक्क हुने स्थिति छैन । यही बीचमा काँग्रेसको समर्थन, एकीकृत समाजवादी र जसपाको पनि समर्थन रहेकाले रेणुको हौसला बढेको छ । उनले गरेका काम र जनताको प्रतिकृया समेटेर हालै उनको चुनावी गीत पनि सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस