प्रेमीले धोका दिएकाले आत्महत्या गर्दैछु भनेर भिडियो बनाएपछि दुई पटक असफल, तेस्रो पटक मृत्यु

काठमाडौं । श्रीमानको धोकाका बारेमा भिडियो बनाएर आत्महत्या गरेकी एक महिलाको घटना सेलाउन नपाउँदै अर्की महिलाले पनि आत्महत्याको बाटो रोजेकी छिन् ।

भारत, गुजरातको अहमदाबादमा आयशा नामकी महिलाले हालै एक भिडियो बनाएर आत्महत्या गरेकी थिइन् । अहिले सोही प्रकृतिको अर्को भिडियो सार्वजनिक भएको छ ।

त्यहाँको साबरमती रिभर फ्रन्टमा नफिसा नामकी महिलाले भिडियो बनाएर जीवन त्याग गरेकी हुन् । आफ्नो प्रेमीको धोकाको कथा सुनाउँदै उनी संसारबाट विदा भइन् ।

भिडियो बनाएपछि उनले दुई पटक आत्महत्याको प्रयास गरिन्, तर सफल हुन सकिनन् । त्यसपछि अन्ततः उनले घरभित्र झुण्डिएर आत्महत्या गरिन् ।

भिडियोमा नफिसा भन्छिन्, ‘रमिज, तिमीले मसँग धेरै नराम्रो गर्यौ, मतलब ममाथि धेरै नराम्रो गर्यौँ ।’ रमिजले बिहेको बहाना बनाएर आफू नजिक आएर पछि भागेको उनको आरोप छ ।

उनले भनेकी छिन्, ‘यो गलत हो यार, यो धेरै गलत हो, यस्तो गर्नु हुँदैनथ्यो । मैले तिमीलाई जीवनमा सबैभन्दा धेरै माया गरे तर तिमीले ममाथि यस्तो गर्यौ ?’

भिडियोमा नफिसाले थप्दै भनेकी छिन्, ‘तिमीले मलाई कति धेरै बर्बाद बनायौँ, म अब न घरको भए न घाटको भएँ । चार दिनदेखि तिमीलाई खोज्दै यहाँ घुमिरहेकी छु ।’

जानकारी अनुसार यो भिडियो नफिसा आत्महत्या गर्न साबरमती रिभर फ्रन्ट गएको समयमा बनाइएको थियो ।

यद्यपि उनले त्यहाँ आत्महत्या गर्न सकिनन् । २० जुनमा उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । त्यसपछि परिवारका सदस्यले प्रहरीमा उजुरी दिएपछि यो भिडियो सार्वजनिक भएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

प्रतिक्रिया दिनुहोस