भारतका चर्चित नायिकाहरु अमेरिकामा कल गर्लः रेट २ लाख ५० हजार…..हेर्नुहाेस् पूरा जानकारी

पाेखरा – अमेरिकामा, पुलिसलाई एक कल व्यवसायको बारेमा जानकारी भएको छ । जसमा भारत, तेलुगुका सिनेमासँग सम्बन्धित युवती र नायिकाहरू संलग्न रहेका थिए । शिकागो यसको केन्द्र हो । प्रहरीले एक तेलुगु दम्पतीलाई पक्राउ गरेको थियो । उनीहरुमाथि यो व्यवसाय चलाएको गम्भीर आरोप छ।

अमेरिकाको संघीय प्रहरीकाअनुसार तेलुगु सिनेमा कलाकारहरूलाई संयुक्त राज्य अमेरिकामा तेलुगु र अन्य सांस्कृतिक कार्यक्रममा भाग लिने बहानामा बोलाइएको तर अमेरिका पुगेपछि उनीहरुलाई अर्कै काममा लगाइएको खुलेको हो ।

होमल्याण्ड सुरक्षा स्पेशल एजेन्ट ब्रायन होमिनले भने- ‘३४ वर्षीय किशन मोडुगुमुदी यसको मास्टरमाइन्ड हुन् र उनकी पत्नी चन्द्रकला मोदुगामुदी उसको व्यवसायिक साझेदार हुन् ।’

किशनलाई राज चेन्नुपति भनेर पनि चिन्छन् । उनकी श्रीमती चन्द्रकलालाई विभा र विभा जया पनि भनेर चिन्ने गरिएको खुल्न आएको छ । अदालतमा दायर गरिएको ४२ पृष्ठको याचिकामा यसमा संलग्न महिलाको पहिचान खुलाइएको छैन । याचिकामा उनीहरूलाई ए, बी, सी, डी जस्ता कोड नाम दिइएको छ ।

अनुसन्धान अधिकारीहरूले यस व्यवसायको शि-कार भएका केटीहरू बाहेक केही ग्राहकहरूलाई पनि सोधपुछ पनि गरेको भनेको छ । अधिकारीहरूले अदालतलाई आरोपीको घरबाट केहि डायरी र व्यापारका खाता पनि फेला परेको भनेको छ । नायिकाको साथ, उनीहरूका ग्राहकहरूको नाम पनि डायरी र खाताहरूमा रेकर्ड गरिएको फेला पारिएको अमेरिकी अधिकारीहरुको दावा रहेको छ ।

स्पेशल एजेन्ट ब्रायनको पत्रका अनुसार २० नोभेम्बर २०१७ मा दिल्लीबाट एउटी केटी शिकागोको ओहेयर अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन । उक्त पत्रमा, केटीलाई ‘ए’ भनिएको थियो । उनीसँग बी१–बी२ पर्यटक भिसा थियो जुन अमेरिकी दूतावासमार्फत दिल्लीमा जारी गरिएको थियो ।

विमानस्थलमा ती केटीले पेश गरेको अध्यागमन कागजातहरूको अनुसार उनलाई १८ नोभेम्बर २०१७ मा दक्षिण क्यालिफोर्निया तेलुगु संघ द्वारा सम्मानित गर्नु पर्ने थियो ।

अन्य कागजातहरूमा, उनी क्यालिफोर्निया तेलुगु एसोसिएसनको स्टार नाइटमा भाग लिने र उनी १० दिन अमेरिकामा बस्न लागेको कुरा बताइएको थियो । अध्यागमन अधिकारीहरू शंकास्पद थिए किनभने ती केटी क्यालिफोर्नियामा नोभेम्बर १८ मा एक कार्यक्रममा भाग लिने कार्यक्रम बनाईएको थियो । तर उनी दुई दिन ढिला मात्रै शिकागो विमानस्थलमा उत्रिएकी थिइन् ।

जब उनलाई यसबारे प्रश्न गरिएको थियो, तब उनले बताइन् कि उनी उत्तर अमेरिका तेलुगु समाजको कार्यक्रममा भाग लिन आएका हुन् । उनले २५ नोभेम्बर २०१७ मा इलिनोइसको स्कामबर्गमा आयोजित सम्मेलनमा पाहुना भएको कुरा पत्र पनि देखाइन् ।

तेलुगु संघ नायिका बारे जानकारी थिएन् अमेरिकी अधिकारीहरूले दक्षिण क्यालिफोर्नियाको तेलुगु संघका अध्यक्षसँग कुरा गर्दा उनीहरूले नोभेम्बर १८ मा क्यालिफोर्नियामा एउटा घटना भएको कुरा बताए तर उनले नायिकालाई चिन्न सकेनन् ।

न त ति नायिका उनीहरुका पाहुना नै थिइन् । उत्तर अमेरिका तेलुगु एसोसिएशनका अधिकारीहरूले उनीहरूलाई त्यो नायिकाबारे कुनै पनि जानकारी नभएको बयान दिएका हुन् । अर्कोतिर २५ नोभेम्बरमा पनि कुनै कार्यक्रम थिएन् ।

यति धेरै जानकारी पाएपछि, अमेरिकी प्रहरी अधिकारीहरूले ती नायिकालाई अमेरिका आउनुको वास्तविक कारण सोध्न थाले । त्यसपछि उनले बताइन् कि तेलुगु संघका यी निमन्त्रणा पत्रहरू उनलाई राजु नाम गरेका व्यक्तिले दिएका थिए । उनको बयान अनुसार उनीहरुबीच भारतमा भेट पनि भैसकेको थियो ।

उनले राजूले आफ्नो हवाई टिकट र होटल भाडा तिरेको पनि बताइन् । उनलाई विमानस्थलमा पनि स्वागत गरिएको थियो । ती नायिकाले अधिकारीहरूलाई राजूको ईमेल आईडी र फोन नम्बर पनि दिइन् । अनुसन्धानपछि अधिकारीहरुलाई इन्टरनेट पोस्टमा उल्लेख गरिएको एक कुराको जानकारी मिल्यो ।

किशन मोदुगुमुदी उर्फ राज चेन्नूपति केही फिल्म अभिनेत्रीहरुलाई अमेरिकामा बोलाएर यो कर्म चलाउने तयारीमा छन् । उनले भारतबाट युवतीहरुलाई नक्कली भिसामा अमेरिका बोलाउँन खोजेको कुराको पनि पर्दा खुल्यो । भारतबाट लालच दिएर अमेरिका बोलाउने अनी त्यहाँ पुर्यार यो कर्ममा लगाउने उनीहरुको पेशा भएको खुल्यो ।

विभा जयम शिकागो मा उनलाई सहयोग गर्दै आएका थिए । दिल्लीकी युवतीबाट प्राप्त भएको इमेल आईडी र फोन नम्बर पनि किशन मोडुगुमुदीको भएको खुल्यो । उसको अर्को ईमेल आईडी पनि छ । शिकागोमा उनको घर ईमेल आईडी द्वारा पत्ता लगाइएको हो ।

अध्यागमन अधिकारीहरूले २६ नोभेम्बर २०१७ मा मुम्बईबाट आएकी एक नायिकालाई नेवार्क विमानस्थलमा फेला पारेको थियो । शंका लागेपछि उनलाई केही प्रश्न गरियो । भिसा कागजातले देखाए अनुसार उनी धेरै विभिन्न सांस्कृतिक कार्यक्रममा संलग्न थिइन् र अमेरिकामा तीन महिना बस्ने तयारी रहेको थियो । भिसा कागजातहरूले बताए अनुसार उनी एक अभिनेत्री हुन् ।

ती महिलाले अधिकारीलाई ‘राजु गारु’ नाम गरेको व्यक्तिले भिसाका लागि सहयोग गरेको खुलासा गरिन् । ति नायिका महिला टेक्सासको इरिविङ्गमा नयाँ वर्षको उत्सवको अवसरमा हलिउड नृत्यमा प्रदर्शन गर्न भनेर अमेरिका पुगेकी थिइन् ।

यो कर्ममा लगाइयो नायिकाले आफु पेनसिल्भेनिया राजु गारुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा भाग लिन आएको जानकारी दिइन् । त्यस भ्रमणको क्रममा उनी यो कर्ममा लाग्न बाध्य भइन् । उनले आफु त्यसमा संलग्न नभएको पनि जानकारी गराइन् । उसले ग्राहकहरूसँग केहि समय बिताएकी थिइन् ।

तिनै ग्राकहरुसँग उनले त्यहाँबाट बाहिर निस्कने तरिकाबारे जानकारी लिएकी थिइन् । ती ग्राहकहरूले उनलाई फिभट टिकटको व्यवस्था गर्नका लागि विभालाई उनको काम सकिएको बताउन सल्लाह दिएका थिए । उनी अघिल्लो भ्रमणमा विभासँग चारवटा विभिन्न शहरहरूमा गएको पनि खुलेको छ ।

ति शहर जहाँ ग्राहकहरूलाई उनको कोठामा नै पठाउने गरिएको थियो । उनलाई शिकागोको एउटा घरमा राखिएको थियो । अदालतमा दायर गरिएको निवेदन अनुसार महिलालाई भिसा दिइएन र नेवार्कबाट फिर्ता पठाइएको थियो ।

पीडित युवतीहरूलाई फोनमार्फत चेतावनी अनुसन्धानको क्रममा यस महिलालाई नयाँ दिल्लीमा पनि सोधपुछ गरियो । तस्वीर हेरेपछि उनले किशन मोडुगुमुदी उर्फ राजूको सजलैसँग पहिचान गर्न सफल भइन् । भिसा नपाउँदा राजूले उनलाई फोनमा चेतावनी पनि दिने गरेको खुल्न आएको छ ।

उनले कसैलाई पनि उसको व्यवसायको बारेमा केही जानकारी दिएमा सिध्याउने भन्दै आएका थिए । शिकागोमा राखिएको घरबाट उनलाई एक्लै बाहिर जान अनुमति दिइएको थिएन् । उनीमाथि नजर राख्नका लागि त्यहाँ कोही कोही अवश्य हुन्थ्यो ।

अनुसन्धानले पत्ता लगायो कि २०१६ देखि २०१७ को अवधिमा धेरै केटीहरू किशनको सहयोगमा अमेरिका पुगेका थिए । याचिकामा उनीहरूलाई पीडित बी, सी, डी, ई भनिएको छ । एक महिला (बी) २४ डिसेम्बर २०१७ मा शिकागो आइपुगे र ८ जनवरी २०१८ मा फर्किइन् । यो बीचमा समयमा उनी त्यसै काममा प्रयोग भएको हुनसक्ने बताइएको छ ।

भिसाको समयावधि सकिए पनि अमेरिकामा किशन र विभाकिशन तेलुगु फिल्महरूको निर्माता होइनन् । उसले केहि फिल्महरू सह–निर्माण गरेका थिए । २०१४ मा, उनले दुई पटक भिसाका लागि आवेदन दिए । तर उनले नक्कली कागजात पेश गरेको थियो, त्यसैले भिसा पाएनन् । पछि २०१५ मा, उनी भिसा पाए पछि ६ अप्रिलमा शिकागो पुगेका थिए ।

उनको भिसा ५ अक्टुबर २०१५ सम्म मान्य थियो, तर उनी भारत फर्किएनन् । त्यस्तै, चन्द्रकला मोडुगुमुदी ११ अगस्तमा शिकागो पुगेका थिए । उनको भिसा १० फेब्रुअरी २०१६ सम्म मान्य थियो । तर उनले ८ अगस्त २०१६ सम्म बढाएका थिए ।

जब अगस्टमा भिसा अवधि विस्तार गर्न उनी दोस्रो पटक आइपुगे, अधिकारीहरूले उनको आवेदन अस्वीकार गर्दिएका थिए । २३ जनवरीमा किशन र चन्द्रकलालाई ओहायोको टिफिनबाट पक्राऊ गरिएको थियो । उनीहरुलाई युएस बोर्डर पेट्रोल अधिकारीहरूले समातेका हुन् । तर उनीहरु २३ फेब्रुअरीमा जमानतमा रिहा भएका थिए तर अनुसन्धानमा सहभागी भएनन् ।

१६ फेब्रुअरी २०१८ मा, जब अधिकारीहरूले किशन र चन्द्रकलाका घरहरूमा छापा मारे, त्यहाँ नक्कली आवासीय कार्ड, अमेरिकी तेलुगु संघहरूका लेटर हेडसहितको नक्कली चिठी, कार्ड, डायरी र खाताहरू फेला पारिएको थियो । डायरी र मोबाइल फोनबाट डील हुने गरेको थियो ।

तिनीहरू एकपटक गर्दा एक हजार डलर, दुई पटक गर्दा दुई हजार डलर र १०० डलरको टिपमा ग्राहकहरूसँग डील गर्थे । उनीहरु ग्राहकहरुलाई तेलुगु सिनेमाको नायिका वा एंकर धेरै दिन अमेरिकामा नरहने भन्दै रकम बढाउने पनि गर्थे । प्रत्येक लेनदेन र आउने–जानेको विवरण डायरीमा लेखिएको थियो ।

यी विवरणहरूको मद्दतले ग्राहकबाट थप जानकारी संकलन गरियो । यी विवरणहरूबाट यो स्पष्ट हुन्छ कि किशन र चन्द्रकलाले भारतबाट अमेरिकामा केटीहरूलाई बोलाएर यो कर्म गरिरहेका थिए । उनीहरुलाई २९ अप्रिलमा इलिनोइस अदालतमा पेश गरिएको थियो ।
श्रोत- जनाबोलि

प्रतिक्रिया दिनुहोस