सुत्केरी गराउँन जादा डाक्टरले बच्चाको घाँटी छिनाइदिए, शरीर मात्र बाहिर निकाले….

पाेखरा । पाकिस्तानको सिन्ध प्रान्तमा चिकित्सकीय लापरवाहीको गम्भीर घटना बाहिर आएको छ । प्रदेशको एक ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले सुत्केरी गराउने क्रममा बच्चाको टाउको काटेर गर्भमै छोडिदिएका छन् । त्यसपछि ३२ वर्षीया हिन्दू महिलाको ज्यान निकै मिस्किलले जोगिएको छ ।

कर्मचारीको लापरवाहीले महिलालाई धेरै नोक्सान
सिन्ध सरकारले यस घ.टनामा कडाई देखाउँदै घटनाको तहसम्म पुग्न मेडिकल इन्क्वायरी बोर्ड गठन गरेको छ। जामशोरो सहरको लियाकत युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेज (LUMHS) को स्त्री रोग एकाइका प्रमुख राहिल सिकन्दरले भने, “भिल समुदायकी हिन्दू महिला थारपार्कर जिल्लाको दुर्गम गाउँकी हुन्। उनी आफ्नो इलाकाको ग्रामीण स्वास्थ्य केन्द्रमा गएकी थिइन् तर त्यहाँ स्त्री रोग विशेषज्ञ उपलब्ध थिएनन् । अनुभवहीन कर्मचारीको लापरवाहीले महिलालाई धेरै नोक्सान पुर्याएको छ ।’

नवजात शिशुको टाउको निकालेर आमाको ज्यान जोगियो
पाकिस्तानी अखबार डनका अनुसार आइतबार गरिएको शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको गर्भमा रहेको शिशुको टाउको काटेर पाठेघरभित्रै छोडेको उनले बताए । महिलाको अवस्था आफैं बिग्रन थालेपछि र ज्यान जाने खतरा बढ्दै गएपछि उपचारको सुविधा नभएको मिठी शहर नजिकैको अस्पतालमा लगिएको थियो । अन्ततः महिलालाई पछि LUMHS लगियो जहाँ आमाको गर्भबाट नवजात शिशुको टाउको निकालेर आमाको ज्यान जोगियो ।

आमाको ज्यान जोगाउन उनको पेट शल्यक्रिया
बच्चाको टाउको भित्रै अड्किएको र आमाको पाठेघर फुटेको डा. सिकन्दरले बताए । आमाको ज्यान जोगाउन उनको पेट शल्यक्रिया गरेर खोलेर बच्चाको टाउको निकाल्नुपरेको थियो । यो भयानक गल्तीलाई लिएर सिन्ध स्वास्थ्य सेवाका महानिर्देशक डा. जुमन बाहोतोले यस विषयमा छुट्टै छानबिन गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस