राम्रि हुन सर्जरी गरेपछि झनै अभिनेत्री स्वातिको अनुहारको स्वरुप नै बिग्रियो…

भारतीय अभिनेत्री स्वाति सतीशले हालै रुट क्यानल अर्थात् दाँत सम्बन्धी एक शल्यक्रिया गरिन् जुन उनलाई महंगो सावित भयो ।

गलत उपचारको कारण यी कन्नड अभिनेत्रीको अनुहारको स्वरुप बिग्रियो । खराब शल्यक्रियापछि उनका केही तस्वीर पनि सार्वजनिक भएका छन् । स्वातिले आफ्नो यस्तो अवस्थाको जिम्मेवारी चिकित्सकलाई ठहर्‍याएकी छन् । साथै, गलत रुपमा उपचार गरेको आरोप पनि लगाएकी छन् ।

विवरण अनुसार बैंग्लोरमा रहने यी अभिनेत्रीले हालै रुट क्यानल सर्जरी गराएकी थिइन् । यसपछि उनको अनुहार सुन्निन थाल्यो भने पीडा पनि हुन थाल्यो ।

तीन सातापछि पनि उनको अनुहार उस्तै रह्यो । उनको पूरा स्वरुप बिग्रिएको छ जसको कारण उनलाई पहिचान गर्न पनि मुस्किल भएको छ । यसकारण उनी घरबाहिर पनि निस्कन छाडेकी छन् ।

मिडिया रिपोर्टका अनुसार स्वातिले चिकित्सकमाथि लगाएको आरोपअनुसार उपचार र औषधिबारे गलत जानकारी दिइएको थियो । यसबारे थाहा लागेपछि उनी अर्को अस्पताल पुगिन् ।
स्वाति भन्दा अघि पनि अभिनेता चेतन राजको पनि प्लास्टिक सर्जरीको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस