यस्तोसम्म छ कर्मचारीको दादागीरी: यसरी सेवाग्राही लाई अश्लिल शब्द प्रयोग गर्दै (भिडियोमै हेर्नुहाेस्)

लाहानका अस्पातलका एक कर्मचारीले सेवा ग्राहीलाई जथाभावी गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि यतिबेला उनलाई प्रहरीले पक्राउ गरेको छ।

लहान अस्पतालका सरकारी कर्मचारी द्वारा अस्पतालमा पुगेका सेवाग्राही सँग अभद्र व्यवहा गरिएको छ। विभिन्न उदेश्यले अस्पतालमा पुगेका सेवाग्राही सँग अस्पतालका कर्मचारीले छाडा बोली अभद्र व्यवहार गरेको हो।

जनताको कर पसिनाले तलव भत्ता खाइरहेका सरकारी कर्मारीहरुले जनतालाईनै अभद्र व्यवहार गरेपछि स्थानीय र सेवाग्राहीहरु आक्रोसित बनेका थिए ।

आक्रोसित सेवाग्राही र कर्मचारी बीच भनाभन भएपछि त्यहाको माहोल अस्तव्यस्त भएको थियो l लहानको उक्त अस्पतालमा यो घटना कुनै पहिलो घटना भने पक्कै होइन l

यसअघि पनि अस्पतालका विभिन्न् कर्मचारीहरु द्वारा अस्पताल पुगेका सेवाग्राहीहरु सँग अभद्र व्यवहार गरेको समेत पाइएको छ l अस्पतालका केही कर्मचारी द्वारा सेवाग्राही सँग यसरी आवेग र जोसमा आएर गरिएको हर्कत र व्यवहारका कारण अस्पतालको प्रशासन र व्यवस्थापनमा समेत प्रश्न चिन्ह खडा गरिदिएको छ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस