बुढानिलकण्ठ ज्योतीनगरकी दिपा कार्कीको घरमा प्रहरी ‘ईन्ट्री’ ! ५ जना रङ्गेहात पक्राउ

बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी ज्योतीनगर बस्ने दिपा कार्कीको घरमा ता’स खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ न्यूरोड बस्ने धादिङ धुनीबेसी नगरपालिका-२ घर भएका ३३ वर्षीय सुरेन्द्र खकुरेल लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त घरमा ता’स खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार १ सय २० रुपैयाँ र ३ बुक ता’स सहित रङ्गेहात पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तै सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेको भनी पी’डितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठ’गी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-१८ बस्ने निरज कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

वाट्सएप, इमो मार्फत २५ लाखको लट्री परेको भनी विश्वास दिलाई लट्री प्राप्त गर्नका लागि ट्याक्स दिनुपर्छ भनी झुक्याई प्र’लोभनमा पारी पी’डितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ई-सेवामा नगद जम्मा गर्न लगाई ठ’गी गर्नेमध्ये निरज कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर ठ’गी कसूरमा आवश्यक कारवाही गर्नका लागि महानगरीय अ’पराध महाशाखमा दर्ता भएको जा’हेरी द’रखास्तनिवेदन लागयतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस