गायिका दिलमायाको पोस्टमार्टम रिपोर्टमा के देखियो तेस्तो प्रहरी नै चकित अब के होला प्रेमीलाई ? (भिडियो सहित)

लोक दोहोरी गायिका दिलमाया सुनारको झुन्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा देखिएको छ । शरीरका भित्री चोट नदेखिएको, खुट्टामा सामान्य चोट रहेको र पाखुरामा समातेको दाग रहेको पोस्टमार्टममा संलग्न चिकित्सकलाई उदृत गर्दै एक अनुसन्धान अधिकारीले भने ।नेपालटारस्थित डेरामा गत शनिबार बिहान सुनार मृत भेटिएकी थिइन् ।

प्रहरीले मृतकका प्रेमी सूर्य श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आफन्तले श्रेष्ठविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए । शुक्रबार राति सूर्य सुनारसँगै बसेका थिए । दीलमायाले आत्महत्या गरेको सूर्यको दाबी छ । आफू ब्युँझदा सुनार झ्यालमा झुण्डिएको देखेपछि त्यहाँबाट खाटमा झारेर कृतिम श्वास दिएर बचाउन प्रयास गरेको उनले प्रहरीसामु बताएका छन् ।

तर, मृत्यु भएको यकिन भएपछि सुनारले झुण्डिन प्रयोग गरेको सल लिएर निस्किएको उनको बयान छ । सूर्यले महाराजगञ्जस्थित भिसा सेन्टरनजिक रहेको झाडीमा सल फ्याँकेको बताएका थिए ।

‘घाँटीको दाग र झुन्डिन प्रयोग गरिएको भनिएको सलले बनाउन सक्ने सम्भावित दागमा समानता भएकाले झुन्डिएर मृत्यु भएको चिकित्सकले निष्कर्ष निकालेका छन्’, एक प्रहरी अधिकारी भन्छन् ।

गोठाटारमा सुन पसल चलाउँदै आएका श्रेष्ठले शुक्रबार राति ९ बजे मासु लिएर दिलमायाको कोठामा पुगेको बताएका छन् । दिलमाया त्यसपछि रक्सी लिन भन्दै बाहिर निस्किएको र रक्सी आफूले मात्र खाएको र महिलाले डिउ खाएको सूर्यको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले बताएको छ । त्यस घरमा बस्दै आएका अन्यले भने श्रेष्ठ साँझतिर नै त्यहाँ पुगेको बताएका छन् ।

अनुसन्धानको क्रममा उनीहरू दुवैजना राति पौने १२ बजे कोठाबाट बाहिर निस्किएको देखिएको छ । श्रेष्ठले छातीको औषधि ल्याउन बिर्सिएकाले औषधि लिन त्यतिबेला बाहिर निस्किएको बताएका छन् ।

‘कोठा फर्किएपछि म कतिबेला निदाएँ पत्तै पाइँन, ब्युँझदा झ्यालमा झुन्डिरहेको देखेँ’, श्रेष्ठले भनेका छन् । श्रेष्ठले भनेअनुसार सुनारले त्यस दिन रक्सी खाए-नखाएको बारे थाहा पाउन प्रहरीले रगत परीक्षणका लागि पठाएको छ । मृतकको फेसबुकमा त्यस दिन आफू मर्न लागेको भन्दै स्टाटस पनि लेखेकाले घटनाबाहिरिएसँगै सुनारले आत्महत्या गरेको आशंका गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस