केहवा बीट्स: कश्मीरको आफ्नै कोक स्टुडियो

कश्मीर ओरिजिनल्स कश्मीरमा आधारित स्वतन्त्र संगीत लेबल हो जुन पहिलो कश्मीरी संगीत श्रृंखला “केहवा बीट्स” को साथ आएको छ। यो एक मञ्च हो जसले उत्साही संगीतकार र गायकहरूलाई एउटै छानामुनि ल्याउने प्रयास गर्छ।

यस पहलको बारेमा बोल्दै, कश्मीर अर्जिनलका संस्थापक, सन्ना भट्टले जम्मू र कश्मीर विश्वभर यसको समृद्ध र मनमोहक सांस्कृतिक विविधताको लागि प्रसिद्ध छ र विशेष गरी लोक संगीतमा यसको संस्कृतिको महत्त्वपूर्ण तत्व हो भनी बताएकी छिन् । लोक संगीत कश्मीरको समृद्ध संस्कृतिको रंगीन पक्षहरू मध्ये एक प्रमुख रूपमा रहेको छ।
कश्मीरी लोकको सौन्दर्यलाई सम्झाउन, हामी कश्मीरी भाषाको प्रेमको लागि आफ्नो आत्माबाट गाउने स्थानीय कलाकारहरूको लाइभ स्टुडियो-रेकर्ड गरिएको संगीत प्रदर्शनमा केन्द्रित रहेको केहवा बीट्स शीर्षकको पहिलो कश्मीरी संगीत श्रृंखला लिएर आएका छौं। ” उनले भनिन्।

केहवा बीट्सको पहिलो सिजनमा “हामीले भारतको मुख्य भूमिबाट आएका दुई भाषाहरू राजस्थानी र पञ्जाबीलाई कश्मीरी लोकगीतसँग मिसाउने प्रयास गरेका छौं किनभने हामी कश्मीरमा मात्र सीमित रहन चाहँदैनौं । हामी देशका अन्य भागहरूबाट पनि स्थानीय प्रतिभाशाली संगीतकारहरूसँग सांगीतिक रूपमा सहकार्य गर्न कलाकारहरू ल्याउने सक्दो प्रयास गर्नेछौं।” सन्नाले बताइन, राइजिगं न्युजले लेखेको छ । केहवा बिट्सको पहिलो सिजनमा काबुल बुखारी, इश्फाक कावा, वकार खान र सोनाली डोगरा जस्ता चर्चित गायक तथा जरताशा जैनाब, ऋषब राइनो, शाहबाज गुल र मास्टर साकिब जस्ता उदीयमान कलाकारहरूले प्रस्तुत गरेका ६ वटा गीत छन्।

स्थानीयहरूले गर्वका साथ यस संगीत श्रृंखलालाई ूकश्मीरको आफ्नै कोक स्टुडियो भन्न सक्नेछन सन्नाले बताइन ।ू संगीत, संस्कृति, प्रतिभा र कलामा धनी यस क्षेत्रमा
प्लेटफर्मको अभाव थियो, जुन केहवा बीट्स ले केही हदसम्म प्रदान गर्ने प्रयास गरेको छ।

प्रतिक्रिया दिनुहोस