तनहुँमा आफ्नै आमाबाट अगुल्टाले कुटिए नाबालक, मौका छोपेर खोलामा फाल्ने योजना

तनहुँ – शुक्लागण्डकी नगरपालिका–१०, जुवालथरमा आमाले छोरा कुटेर गम्भिर घाईते भएको छ ।

शनिबार दिउसो ३२ बर्षकी टीकादेवी नेपालीले आफ्नै ६ बर्षका छोरा सागरलाई आगो फुक्ने ढुङ्ग्रोले टाउकोमा पटक पटक हिर्काउँदा सागर गभिर घाईते भएको स्थानीयले बताएका छन् ।

जनप्रतिनिधि, स्थानीयको सहारा नपाएको भए यो बच्चा हिजो नै खोलामा बग्ने थियो’

बालकका आफन्त यामबहादुर नेपालीले २४ गते राति पनि आमाले छोरालाई कुटेको बताए । ‘शनिबार दिउसो मौका छोपेर खोलामा फाल्ने योजनामा रहेछ उस्को । मैले स्थानीय, जनप्रतिनिधिलाई खबर गरे । छोरा बोक्दै खोलाको किनार किनार दौडिएको त्यहाँका स्थानीयले पनि देखेपछि उद्धार गरे । जनप्रतिनिधि, स्थानीयको सहारा नपाएको भए यो बच्चा हिजो नै खोलामा बग्ने थियो’ उनले भने ।

बालक आफन्त र स्थानीयको सहयोमा जिपि कोईराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्रमा उपचारत

आफन्त यामबहादुरले बालकको जिवनको रक्षा गरिदिन सबैलाई आर्थिक सहयोग गरिदिन आग्रह गरे । छोरालाई घाईते गराएकी टीकादेवी यतिबेल प्रहरी अनुसन्धानमा रहेकी छिन् । बालकका बुबाको मृत्यु भएको एक महिना पनि भएको छैन् । अहिले घाईते बालक आफन्त र स्थानीयको सहयोमा जिपि कोईराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्रमा उपचारत अवस्थामा रहेका छन् ।

बालकको आमा हाल इलाका प्रहारी कार्यालय बेलचौताराको नियन्त्रणमा छिन उनले बयानमा छोराले खाजा मागेको मागै गरेपछि एकछिन पख भन्दा पनि नमानेपछि प्याट हानेको बताएकी छिन् । तर, उनले भने जस्तो घट्ना सामान्य नभएको भन्दै घट्नाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख भोजराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस