अभिनेत्री नीतालाई बिहे गरेर घर लगे लगत्तै युवा ज्योतिषले खुट्टाको पानी ख्वाए, घुँडा टेकाएर ढोगाए !

काठमाडौं । यतिवेला नायिका नीता ढुंगानाको बिहेका भिडियो फुटेजहरुले टिकटक भरिएका छन् ।चर्चित नायिका ढुंगानाले युवा ज्योतिष हरिहर अधिकारीसँग बिहे गरेकी छिन् । बिहेपछिको एउटा भिडियो जवरजस्त विवादमा परेको छ ।उक्त भिडियो नीताले आफ्नै टिकटक अकाउण्टमा अपलोड गरेकी छिन् । भिडियोमा बिहे गरेर दुलहीको रुपमा घरमा भित्रिएपछिको पूजाको कार्यक्रमको हो ।

त्यहाँ नीता ढुंगानालाई हरिहरका खुट्टा धोएर पानी खान लगाइन्छ । सुरुमा नीतिले औपचारिकता मात्र पूरा गर्न खोजेको देखिन्छ ।त्यसपछि काँसको थालमा खुट्टा राखेर हरिहर बसिरहन्छन् । हरिहरका परिवारलेपनि नीतालाई त्यतिले मात्र हुन्न खुट्टाको पानी खानु नै पर्छ भनेर दवावको आवाज दिन्छन् ।त्यसपनि खुशी नै भएजसरी नीताले खुट्टाको पानी खान्छिन् । त्यसपछि नीतालाई खुट्टा ढोग्न लगाईन्छ । घुडा टेकेर खुट्टा ढोग्न थाल्छिन् ।

जति लामो समय खुट्टा ढोग्छिन् त्यति नै बेलासम्म हरिहरले हातमा पैसा हालिदिइरहेका हुन्छन् । यो भिडियोले नारी दमनमा सन्देश दिएको भन्दै महिला अधिकारकर्मीहरुले चर्को विरोध गरेका छन् ।के हरिहरलेपनि नीतालाई त्यसैगरी खुट्टा ढोगेको भिडियो किन हालेनन् ? नीताको खुट्टाको पानी खाएको हरिहरको भिडियो खै ? नीता चै हरिहरलाई पैसा दिन नसक्ने छन् र ?

दासलाई दिएजस्तो गरेर नीताले हरिहरलाई पैसा बाँडेको भिडियो खै ? अहिले नानाथरीका कमेण्ट आइरहेका छन् । केहीले भने हाम्रो संस्कृती र चलन भएकाले यो क्रियालाई स्वीकार्न सकिने मिश्रित प्रतिक्रिया दिएका छन् ।केही भने रिसले आगो भएका छन् । सेलिब्रेटीहरुले समाजलाई झनै दास बनाउँने सोचतर्फ धकेल्न यस्तो गलत कार्य सामाजिक सञ्जालमा हालेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस