अमरनाथ यात्रा ‘स्मार्ट’ मेकओभरको साथ फेरि सुरु

श्रीनगर: हिमालयको काखमा बरफ लिङ्गको रुपमा भगवान शिवको दर्शन गर्न ३० जुनमा लाखौं भक्तजनको यात्रा सुरु भएको थियो । आधार शिविरबाट २ हजार ७५० तीर्थयात्री शेषनाग र पाँचटर्नीमा रात्रि बिराम लगाएर करिब तीन दिन पैदल यात्राका लागि प्रस्थान गरेका छन् ।

जम्मू र कश्मीर प्रशासनले यस वार्षिक कार्यक्रमलाई तीन वर्ष को स्थगन पछि खुल्ला गरेको हो । यस वर्ष छ लाख भन्दा बढी तीर्थयात्रीहरूको अपेक्षा गरिएको छ।यस वर्षको सुरुदेखि नै उपराज्यपाल मनोज सिन्हाले यात्रालाई सहज र सुरक्षित बनाउन संयन्त्र निर्माण गर्दै आएका छन् । तीर्थयात्रा परम्परा अनुसार भदौ ११ गते रक्षाबन्धनको दिनसम्म ४३ दिनसम्म चल्नेछ । एलजीले व्यक्तिगत रूपमा यात्राको सबै व्यवस्थाको निरीक्षण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस