अनौठो परम्परा जहाँ सबैका औँला ठुटो हुनेगरी काटिन्छ

दुनियाँमा यस्ता कैयौँ जनजाति समुदाय छन्, जसको रीतिरिवाज, परम्परा र संस्कार सुन्दा अनौठो लाग्छ ।यस्तै अनौठो र दर्दनाक परम्परा भएको समुदाय इन्डोनेसियाको पापुआमा बस्ने एउटा जनजाति समुदायमा पनि छ ।

यो समुदायमा परिवारको मुख्य सदस्यको मृत्यु भएपछि परिवारका अन्य सदस्यको हातका औँला काटिन्छ ।परिवारका महिला, पुरुष र बालबालिका सबैले मूल व्यक्तिको मृत्युको शोकमा बन्चरोले आफ्ना औँला कटाउनुपर्छ । आँैला काटेपछि उनीहरूको अनुहारमा माटो र खरानी पोतिन्छ ।

हातको औँला काटेपछि यसरी परिवारका सदस्यहरूलाई पीडा महसुस हुन्छ । यस्तो पीडाले मृतकको आत्मालाई शान्ति दिलाउने यो समुदायका सदस्यहरूको विश्वास छ ।काटिएको औँलालाई तीन मिनेटसम्म धागोले बाँधेर राखिन्छ । त्यसपछि यसलाई सुकाएर जलाइन्छ ।इन्डोनेसिया सरकारले केही वर्षअघि यस्तो परम्परामाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाइएपछि औँला काट्ने क्रममा कमी आए पनि निमिट्यान्न भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस