जब अमेरिकामा विवाह समारोहमा १५ फिट अग्लो पनीको छाल आयो

काठमाडौं । उच्च समुन्द्री छालहरूले हवाईको दक्षिणी किनारमा धेरै घर र व्यवसायहरूलाई क्षति पुर्यायो ।राष्ट्रिय मौसम सेवाका अनुसार छालको उचाइ छ मिटरसम्म थियो, जुन शनिबार आफ्नो चरममा थियो । हवाई प्रशान्त महासागरको बीचमा अवस्थित संयुक्त राज्य अमेरिकाको एउटा प्रान्त हो ।

शनिबार कैलुवा–कोनाको समुन्द्रको किनारमा विवाह भइरहेको बेला अचानक यस्तो दृश्य देखिएको थियो ।त्यसपछि बिहेका लागि बनाइएको सेटभित्र पानीको ठूला छाल आयो । छालहरू यति डरलाग्दो थिए कि त्यहाँ राखिएका टेबुल र कुर्सीहरू सबै पानीमा बगेको देख्न सकिन्छ ।

द गार्डियन न्यूज वेबसाइटका अनुसार हवाईमा हुर्केकी लेखिका सारा एकरम्यान यस विवाहमा सहभागी भएकी थिइन्, जसले छालहरूलाई क्यामेरामा कैद गर्ने काम गरेकी थिइन् ।छाल निकै डरलाग्दो रहेको उनले बताए । छाल आएपछि त्यहाँको कुर्सी र टेबुल बगायो । विवाह सुरु हुनुभन्दा करिब पाँच मिनेटअघि यस्तो घटना भएको उनले बताइन् ।

उनका अनुसार सबै जना डराएका थिए । होनोलुलुको राष्ट्रिय मौसम सेवा कार्यालयका मौसमविद् क्रिस ब्रान्चलेले यस्ता ठूला छालहरू सिर्जना गर्नका लागि धेरै कारकहरू जिम्मेवार रहेको बताएका छन् ।छालहरू १२ देखि १५ फिटसम्म अग्लो थिए । यस्ता छालहरू विरलै देखिने गरेका छन् । धेरै दशकपछि पहिलो पटक यस्तो छालहरू देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस