विवाह मण्डपमा रक्सीले मातेका बेहुलाले बरमाला बेहुलीको सट्टा सालीलाई लगाएपछि जे भयो…

काठमाडौं । हरेक दिन सामाजिक सञ्जालमा भिडियो भाइरल भइरहेका हुन्छन् । तर यतिबेला भाइरल भइरहेको भिडियो अलि फरक छ ।वास्तवमा, सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एक दुलहा अनौठो हर्कत गरिरहेका छन् ।

मण्डपमा मदिरा पिएर गएका उनले गम्भीर गल्ती गरेका छन् । जब दुलहालाई वरमाला लगाउन भनिन्छ, तब उनले आफ्नी बेहुलीको सट्टा आफ्नी सालीलाई लगाउँछन् ।जसकारण साली रिसले रातो हुन्छिन्, मञ्चमा नै बेहुलालाई कुटपिट गरिन्छ । हामी उक्त भिडियोलाई पुष्टि गर्न सक्दैनौँ ।

तर यो भिडियो सामाजिक सञ्जालमा यहीँ दाबीका साथ शेयर भइरहेको छ । भाइरल भिडियोमा बेहुला रक्सीले मातेका छन् ।उनी मण्डपमा आफ्नो खुट्टामा राम्रोसँग उभिन पनि सकिरहेका छैनन् । भाइ उनलाई मद्दत गर्न छेउमा उभिएका छन् । त्यस क्रममा मञ्चमा आरतीको थाल बोकेकी दुलहीसँगै उनकी बहिनी पनि आउँछिन् ।

जब मानिसहरूले वरमाला लगाउन भन्छन्, तब बेहुलाले सालीलाई लगाउँछन् । जसकारण साली निकै क्रोधित भइन् र भिनाजुलाई थप्पड हानिन् । यो भिडियो साँच्चै रमाइलो छ ।यस्ता घटना धेरै विवाहमा देख्ने गरिएको छ । भाइरल भइरहेको यो भिडियोले सामाजिक सञ्जालमा निकै प्रतिक्रिया पाइरहेको छ । यो भिडियोलाई लाखौंले हेरिसकेका छन् ।

योसँगै यो भिडियोमा धेरैको रोचक प्रतिकृया पनि आइरहेको छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘बिहेको दिन नियन्त्रण गर्न सक्नुहुन्थ्यो गुरु’ अर्को तर्फ अर्का एक प्रयोगकर्ताले ‘धेरै गाह्रो छ, बेहुलाले बिहे गरे कि गरेनन् ?’ भनेर प्रश्न पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस